शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

एनपीएलको अनियमितता छानबिन गर्न गठित कार्यदलले बुझायो प्रतिवेदन

एनपीएलको अनियमितता छानबिन गर्न गठित कार्यदलले बुझायो प्रतिवेदन

आषाढ २७, २०८२ शुक्रवार
आषाढ २७, २०८२ शुक्रवार
  • एनपीएलको अनियमितता छानबिन गर्न गठित कार्यदलले बुझायो प्रतिवेदन

    नेपाल प्रिमियर लिग (एनपीएल) मा अनियमितताको छानबिन गर्न गठित कार्यदलले छानबिन प्रतिवेदन बुझाएको छ । आज कार्यदलकी अध्यक्ष रञ्जना प्रधानले खेलकुदमन्त्री तेजुलाल चौधरीलाई प्रतिवेदन बुझाएकी हुन् ।

    म्याद सकिने अन्तिम दिन कार्यदलले प्रतिवेदन बुझाएको हो । प्रतिवेदनमा ९ वटा फायलहरू संलग्न रहेको बुझिएको छ । कार्यदलले नेपाल क्रिकेट संघ (क्यान) लाई गत आइतबार पत्र पठाएर जवाफ मागेको थियो । एनपीएलको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि मन्त्रालयले छानबिनका लागि कार्यदल बनाएको थियो ।

    कार्यदलले नेपाल क्रिकेट संघ क्यानलाई पठाएको पछिल्लो पत्रमा अनुसन्धान नटुंगिइ अर्को संस्करणको एनपीएल आयोजना नगर्न निर्देशन दिएको थियो । स्रोतका अनुसार आज बुझाइएको प्रतिवेदनमा कार्यदल संयोजक प्रधान र एक सदस्यले हस्ताक्षर गरेका छन् भने अर्का एक सदस्यले हस्ताक्षर गर्न बाँकी रहेको छ ।

    प्रतिवेदन बुझाउने क्रममा संयोजक प्रधानले यसअघि क्यानलाई लेखिएको पत्रमा अनावश्यक व्यहोरा लेखेर आफूलाई हस्ताक्षर गर्न वाध्य पारिएकोप्रति असन्तुष्टि पोखेकी थिइन् । एनपीएलको पहिलो संस्करण २०८१ साल मंसिर १५ देखि पुष ६ गतेसम्म कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन भएको थियो । तर पहिलो संस्करण भव्य रुपमा सफल भएपनि एनपीएलको आयोजनासँग जोडिएको विभिन्न विषयमा अनियमितता भएको र आर्थिक हिसावकिताव समेत सार्वजनिक नगरेको भन्दै अख्तियारसम्म उजुरी परेको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार