शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

यस्तो छ गर्भनर पौडेलको पहिलो मौद्रिक नीति (पूर्णपाठ)

यस्तो छ गर्भनर पौडेलको पहिलो मौद्रिक नीति (पूर्णपाठ)

आषाढ २७, २०८२ शुक्रवार
आषाढ २७, २०८२ शुक्रवार
  • यस्तो छ गर्भनर पौडेलको पहिलो मौद्रिक नीति (पूर्णपाठ)

    नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) मौद्रिक नीति सार्वजनिक गर्दै कर्जा, पुँजी बजार, डिजिटल सेवा तथा विदेशी मुद्रा व्यवस्थापनमा लचिलो र सुधारमुखी व्यवस्थाहरू ल्याएको छ । कर्जाको पहुँच बढाउन राष्ट्र बैंकले ब्याजदर कोरिडोर घटाएको छ ।

    बैंक दर ६.५ प्रतिशतबाट घटाएर ६ प्रतिशत, नीतिगत दर ५ प्रतिशतबाट घटाएर ४.५ प्रतिशत र तल्लो सीमा ३ प्रतिशतबाट घटाएर २.७५ प्रतिशत कायम गरिएको छ । यसले बैंकहरूले कर्जा सस्तोमा उपलब्ध गराउन सक्ने अपेक्षा गरिएको छ, जसको प्रत्यक्ष लाभ घरजग्गा, निर्माण तथा व्यापारिक क्षेत्रमा हुने विश्वास लिइएको छ ।

    शेयर कर्जातर्फ पनि राष्ट्र बैंकले नीति खुकुलो बनाएको छ । अब एकल ग्राहकले लिन सक्ने अधिकतम मार्जिन कर्जा १५ करोड रुपैयाँबाट बढाएर २५ करोड रुपैयाँ पु¥याइएको छ । यसले ठूला लगानीकर्तालाई शेयर बजारमा थप संलग्न हुन उत्साहित गर्ने र पूँजी बजारमा तरलता बढाउने अनुमान गरिएको छ । त्यस्तै राष्ट्र बैंकले आवासीय घर कर्जाको अधिकतम सीमा २ करोड रुपैयाँबाट बढाएर ३ करोड रुपैयाँ कायम गर्ने निर्णय गरेको छ ।

    शुक्रबार सार्वजनिक गरिएको मौद्रिक नीतिमार्फत यो सीमा १ करोड रुपैयाँले वृद्धि गरिएको हो । निजी आवासीय घर निर्माण वा खरिद गर्न बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने कर्जाको सीमा ३ करोड रुपैयाँ कायम गरिनेछ । पहिलो पटक घर निर्माण वा खरिद गर्ने ग्राहकका लागि कर्जा मूल्य अनुपातमा ८० प्रतिशतसम्म कर्जा प्रवाह गर्न सकिने व्यवस्था छ भने अन्य ग्राहकका लागि यो सीमा ७० प्रतिशतसम्म कायम हुनेछ ।

    हेर्नुस् पूर्णपाठ

     

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार