शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

नेपाल टेलिकमको ‘मनसुन अफर’ सार्वजनिक, के छन् सुविधा ?

नेपाल टेलिकमको ‘मनसुन अफर’ सार्वजनिक, के छन् सुविधा ?

आषाढ २६, २०८२ बिहिवार
आषाढ २६, २०८२ बिहिवार
  • नेपाल टेलिकमको ‘मनसुन अफर’ सार्वजनिक, के छन् सुविधा ?

    नेपाल टेलिकमले ग्राहकहरूको डिजिटल आवश्यकता र सेवा प्रयोग अनुभवलाई केन्द्रमा राख्दै ‘मनसुन अफर २०८२’ सार्वजनिक गरेको छ।

    कम्पनीले नयाँ अफर अन्तर्गत विभिन्न भ्वाइस, डाटा र एसएमएस प्याकेजहरू विशेष छुटका साथ भोलि असार २६ गतेदेखि उपलब्ध गराउने भएको छ।

    सञ्चार तथा सूचना प्रविधिको बढ्दो महत्त्वलाई दृष्टिगत गर्दै टेलिकमले ग्राहक सन्तुष्टिलाई आफ्नो प्रमुख प्राथमिकता बनाउँदै आएको छ।

    “ग्राहक सेवामा समर्पित” भन्ने नारालाई आत्मसात गर्दै, कम्पनीले ग्राहकहरूबाट प्राप्त सुझाव, गुनासो तथा प्रयोगशैलीलाई ध्यानमा राखी समयअनुकूल प्याकेज तथा अफर ल्याउने परम्परा कायम राखेको छ।

    के के छन् अफर ?

    – सस्तो दरमा भ्वाइस, डाटा र एसएमएस प्याकेजहरू
    – शारीरिक तथा मानसिक रूपमा फरक क्षमता भएका व्यक्तिहरूका लागि बोनस प्याकेजहरू
    – ‘सजिलो अनलिमिटेड ६९९’ र ‘सजिलो अनलिमिटेड ७९९’ प्याकेजमा ३०% छुट
    – प्याकेजको खरिद र जानकारीका लागि *१४१५# डायल गर्न सकिने वा ‘नेपाल टेलिकम’ मोबाइल एप प्रयोग गर्न सकिने

    नेपाल टेलिकमले आफ्ना सेवामार्फत डिजिटल पहुँच सबैका लागि सुलभ बनाउने लक्ष्य लिएको छ। यो नयाँ मनसुन अफर त्यसै लक्ष्यप्रति समर्पित पहल हो, जहाँ सुलभता, समावेशिता र सेवा अनुभवलाई प्राथमिकता दिइएको छ।

    कम्पनीले यस्ता अफरहरू समयानुकूल रूपमा निरन्तर उपलब्ध गराइरहने र ग्राहकको आवश्यकता तथा सुझावअनुसार सुधार गर्दै जाने प्रतिवद्धता व्यक्त गरेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार