शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

प्रधानमन्त्री ओलीको प्रश्न: कसले अविश्वास गर्‍यो र विश्वासको मत चाहियो?

प्रधानमन्त्री ओलीको प्रश्न: कसले अविश्वास गर्‍यो र विश्वासको मत चाहियो?

आषाढ २३, २०८२ सोमवार
आषाढ २३, २०८२ सोमवार
  • प्रधानमन्त्री ओलीको प्रश्न: कसले अविश्वास गर्‍यो र विश्वासको मत चाहियो?

    प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा सहभागी नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत फिर्ता लिएपछि विश्वासको मत लिनेबारे प्रतिक्रिया दिएका छन् ।

    प्रतिनिधिसभा बैठकबाट आज (सोमबार) बाहिरिँने क्रममा प्रधानमन्त्री ओलीले कसैले अविश्वास नगरेकाले विश्वासको मत लिन नहुने बताए । विश्वासको मत कहिले लिने तयारी छ भनी पत्रकारले गरेको प्रश्नमा प्रधानमन्त्री ओलीले प्रतिप्रश्न गरे, ‘कसले अविश्वास गरेको छ र विश्वासको मत चाहियो ?’

    नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत फिर्ता लिएको छ नि भन्ने प्रश्नको जवाफमा ओलीले भने, ‘कहिले ?’ नागरिक उन्मुक्ति पार्टी विपक्षीको बेन्चमा बसेको छ नि ? भन्ने प्रश्नमा ओलीको जवाफ थियो, ‘मैले हेरिनँ नि !’ सरकारमा सहभागी दलले विश्वासको मत फिर्ता लिएपछि प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।

    संविधानको धारा १०० (२) मा ‘सरकारको नेतृत्व गरेको राजनीतिक दल विभाजित भए वा सरकारमा सहभागी दलले समर्थन फिर्ता लिए ३० दिनभित्र विश्वासको मत लिनुपर्ने’ प्रावधान छ । नागरिक उन्मुक्ति पार्टीले आइतबार नै सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएको भनी सभामुख देवराज घिमिरेलाई पत्र बुझाएको थियो । सोमबारको बैठकदेखि उक्त पार्टी विपक्षीको बेन्चमा बसिसकेको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार