शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

सिद्धार्थ बैंक–सिप्रदी ट्रेडिङ सम्झौता, विद्युतीय ट्याक्सी खरिदमा कर्जा

सिद्धार्थ बैंक–सिप्रदी ट्रेडिङ सम्झौता, विद्युतीय ट्याक्सी खरिदमा कर्जा

आषाढ २३, २०८२ सोमवार
आषाढ २३, २०८२ सोमवार
  • सिद्धार्थ बैंक–सिप्रदी ट्रेडिङ सम्झौता, विद्युतीय ट्याक्सी खरिदमा कर्जा

    टाटा मोटर्सका लागि नेपालमा आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालि र सिद्धार्थ बैङ्क लिमिटेडबीच टाटा इलेक्ट्रिक ट्याक्सी एक्सप्रेस टी खरिदका लागि वित्तीय सहजीकरणसम्बन्धी सम्झौता भएको छ ।

    उक्त सहकार्य अनुसार, सिप्रदी ट्रेडिङमार्फत टाटा मोटर्स अन्तर्गतका विद्युतीय ट्याक्सी खरिद गर्ने ग्राहकहरूले सिद्धार्थ बैंकबाट छिटो, सहज र सुलभ ब्याजदरमा सवारी साधन की प्राप्त गर्न सक्ने छन् र सो कर्जाको अवधि ५ वर्ष रहनेछ ।

    सम्झौतामा सिप्रदी ट्रेडिङको तर्फबाट महाप्रबन्धक सावन्त जङ्ग सिजापतिले हस्ताक्षर गरेका थिए भने सिद्धार्थ बंकङ्कको तर्फबाट मुख्य खुद्रा बैङ्किङ प्रमुख मनोहर केसीले हस्ताक्षर गरेका थिए ।

    यो साझेदारीले स्वरोजगारीसँगै विद्युतीय ट्याक्सीको प्रयोगमा तीव्रता ल्याउनुका साथै सार्वजनिक यातायात प्रणालीमा योगदान पु¥याउने विश्वास लिइएको छ। ‘एक्सप्रेस–टी’ विद्युतीय ट्याक्सी अत्याधुनिक विभिन्न विशेषताहरूका कारणले ग्राहक, यात्रु तथा सञ्चालकहरूले मन पराएका छन् ।

    नयाँ प्रविधिका साथमा आकर्षक तथा सुरक्षित बनावट, पर्याप्त ठाउँ भएको ठुलो गाडी, सामान राख्न पर्याप्त बुट स्पेस तथा आरामदायी भएको कारणले गर्दा पनि यो विद्युतीय गाडी ग्राहक, यात्रु तथा सञ्चालकहरूको रोजाइमा परेको हो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार