भारतको हिमाचल प्रदेशमा बाढी पहिरोका कारण अहिलेसम्म ७५ जनाको मृत्यु भएको छ ।
साथै अहिलेसम्म २८८ जना घाइते भएका छन् । बादल फुट्ने घटनामा मण्डी जिल्लामा सबैभन्दा बढी १४ जनाको मृत्यु भएको छ भने यहाँ ३१ जना अझै बेपत्ता छन् । आज पनि राज्यमा भारी वर्षाको लागि रेड अलर्ट जारी गरिएको राज्यको मौसम महाशाखाले जानकारी दिएको छ ।
हिमाचलमा जुन २० मा मौसम प्रवेश गरेको थियो । वर्षाले हिमाचलको मन्डी जिल्लालाई सबैभन्दा बढी असर गरेको छ । हिमाचल प्रदेशको मन्डी क्षेत्रमा भारी वर्षाका कारण ब्यास नदी बाढी आएको छ ।
बर्षा र पहिरोले प्रदेशमा अहिलेसम २४५ सडक, ४०४ विद्युत ट्रान्सफर र ७८४ भन्दा बढी खानेपानीका योजना बन्द भएको मिडिया रिपोर्टमा उल्लेख छ ।