शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

पार्टीमा एकपक्षीय कारबाही भइरहेको छ: एनपी साउद

पार्टीमा एकपक्षीय कारबाही भइरहेको छ: एनपी साउद

आषाढ २२, २०८२ आइतवार
आषाढ २२, २०८२ आइतवार
  • पार्टीमा एकपक्षीय कारबाही भइरहेको छ: एनपी साउद

    सत्तारुढ नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले अनुशासनका नाममा पार्टीभित्र एकपक्षीय कारबाही भइरहेको बताएका छन् । आज (आइतबार) सानेपामा बसेको केन्द्रीय समिति बैठकमा धारणा राख्दै उनले भने, ‘पार्टीभित्रको अनुशासन, गुटबन्दी र असमान व्यवहार देखिएको छ । अनुशासनका नाममा एक पक्षीय कारबाही भएको छ । यसले निराशा मात्रै बढाउँछ ।’

    अनुशासनको मापदण्ड सबैमा समान रूपमा लागू हुनुपर्ने पनि उनले बताए । साउदले दुईतिहाइको हैसियत पाएको केपी शर्मा ओली नेतृत्वको सरकारले सात बुँदे सहमतिअनुसार संविधान संशोधनको प्रक्रियामा ढिलाइ गरेको पनि बताए । ‘दुईतिहाइको सरकार बनेपछि सहमतिअनुसार संविधान संशोधनबारे छलफल अघि बढ्नुपथ्र्यो, त्यसमा ढिलाइ भएको छ,’ उनले भने । उनले वर्तमान राजनीतिक परिदृश्यमा कांग्रेसले संवेदनशील र सक्रिय भूमिका निर्वाह गर्न नसकेको भन्दै पार्टी संगठन कमजोर बन्दै गएको चेतावनी दिए । साउदले भने, ‘राजनीतिक दलहरूमा आक्रमण बढ्दै गएको छ । यो केवल दलहरूमा होइन, संविधानमाथि नै आक्रमण गर्ने प्रयास भइरहेको छ। यस्तो अवस्थामा नेपाली कांग्रेसले स्पष्ट आवाज उठाउनु पर्छ ।’

    साउदले २०८४ सालमा हुने आमनिर्वाचनका लागि पार्टी तयार नै नभएको बताएका छन् । वर्तमान राजनीतिक परिदृश्यमा कांग्रेसले संवेदनशील र सक्रिय भूमिका निर्वाह गर्न नसकेको भन्दै उनले पार्टी संगठन कमजोर बन्दै गएको बताएका थिए । ‘हेर्दाहेर्दै ०८४ पनि नजिक आइसकेको छ । तर कांग्रेस कुनै कोणबाट पनि त्यसका लागि तयारी अवस्थामा छैन । गैरकांग्रेस मतहरूसँगको दूरी पनि बढिरहेको छ, जुन हाम्रो मत घट्ने संकेत हो,’ उनले भने । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार