शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

पहिचान बचाउनका लागि निरन्तर संघर्ष गर्नेहरुलाई महानगरले सम्झिन्छः सुनिता डंगोल

पहिचान बचाउनका लागि निरन्तर संघर्ष गर्नेहरुलाई महानगरले सम्झिन्छः सुनिता डंगोल

आषाढ २०, २०८२ शुक्रवार
आषाढ २०, २०८२ शुक्रवार
  • पहिचान बचाउनका लागि निरन्तर संघर्ष गर्नेहरुलाई महानगरले सम्झिन्छः सुनिता डंगोल

    काठमाडौं महानगरपालिकाले अमूर्त सम्पदा संरक्षण तथा प्रवद्र्धनका लागि परम्परागत टोल÷गुथि÷खलहरुलाई आर्थिक अनुदान सहयोग रकमको चेक हस्तान्तरण गरेको छ । 

    Photo (17).jpg

    शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै उक्त रकमको चेक हस्तान्तरण गरिएको हो ।  सोही क्रममा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले महानगरपालिकाले दिएको रकम अनुदान नभएको भन्दै यो पहिचान बचाउनको लागि निरन्तर निस्वार्थ रुपमा योगदान गर्नेहरुको लागि सम्मान भएको बताएकी छन् ।

    Photo (11).jpg

    उनले भनिन्, ‘काठमाडौं महानगरपालिकाले दिएको रकम अनुदान स्वरुप दिन लागेको होइन, सम्मान गरेर दिन लागेको हो । अनुदान भन्ने वित्तिकै सहयोग भन्ने बुझिन्छ । तर महानगरपालिकाको पहिचान बचाउनको लागि निरन्तर निस्वार्थ रुपमा योगदान दिनु भएको छ र यो त्यसकै सम्मान हो ।’

    Sunita  Dongol 1.jpg

    यस्तै, उनले  काठमाडौं महानगरपालिकाभित्र रहेको हरेक समुदाय र बाजाको उत्तिकै महत्व रहेको भन्दै बाजागुरुलाई सम्मान गर्न पाउँदा निकै खुसी लागेको बताइन् । 

    Photo (1).jpg

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार