शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

छाडातन्त्र रोक्न राजा राखौं : कमल थापा

छाडातन्त्र रोक्न राजा राखौं : कमल थापा

आषाढ १९, २०८२ बिहिवार
आषाढ १९, २०८२ बिहिवार
  • छाडातन्त्र रोक्न राजा राखौं : कमल थापा

    राप्रपा नेपालका अध्यक्ष कमल थापाले छाडातन्त्र रोक्न अभिभावकका रूपमा राजसंस्था जरुरी भएको जिकिर गरेका छन् ।

    पार्टीको नीति तथा अनुसन्धान विभागले काठमाडौँमा आयोजना गरेको अन्तरक्रियामा अध्यक्ष थापाले देशमा संस्थागत भ्रष्टाचार डरलाग्दो रूपमा बढेको दाबी गरेका छन् ।

    उनले मुलुक अभिभावकविहीन भएको बताउँदै यसैका कारण विदेशी हस्तक्षेप तथा चलखेल बढेको दाबी पनि गरे । अहिले कसैको डरभर नभएकाले राष्ट्रद्रोही काम समेत गर्न पछि नपरेको जिकिर थापाले गरे । धर्म निरपेक्षताको आडमा धर्मान्तरणको डढेलो सल्किएको भन्दै थापाले चिन्ता प्रकट गरे । 

    यी सबैका कारण आफूहरूले राजसंस्थाको आवश्यकता महसुस गरेको उनको तर्क छ । उनले भने, ‘राष्ट्रिय एकता, अखण्डता, सार्वभौमिकता र राष्ट्रिय स्वतन्त्रताको संरक्षणका लागि राजसंस्था हामीहरूको आस्था र विश्वाससहितको वैचारिक अवधारणा हो ।’ कार्यक्रममा पार्टीका नेताहरू डाक्टर विष्णु भण्डारी, केशवराज श्रेष्ठ, अन्जना शाह रावल र जिबछ मिश्रले बोलेका थिए ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार