शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

कुलिङ पिरियडको हेरफेर बारे छानबिन समिति गठन गर्न परामर्शमा सभामुख

कुलिङ पिरियडको हेरफेर बारे छानबिन समिति गठन गर्न परामर्शमा सभामुख

आषाढ १८, २०८२ बुधवार
आषाढ १८, २०८२ बुधवार
  • कुलिङ पिरियडको हेरफेर बारे छानबिन समिति गठन गर्न परामर्शमा सभामुख

    सभामुख देवराज घिमिरेले संघीय निजामती विधेयकमा व्यवस्था गरिएको कुलिङ पिरियडमा गरिएको हेरफेर बारे छलफल शुरु गरेका छन् ।

    बुधबार राज्यव्यवस्था तथा सुशासन समितिले संसदीय छानबिन समिति बनाउन सिफारिस गरेपछि सभामुख घिमिरेले छानबिन समितिबारे परामर्श सुरु गरेका हुन् । समिति सभापति रामहरि खतिवडाले बैठकका निर्णयबारे मौखिक जानकारी गराएका थिए ।

    सभामुख घिमिरेले खतिवडासहित एमाले मुख्य सचेतक महेशकुमार बर्तौला, कांग्रेस प्रमुख सचेतक श्यामुकमार घिमिरे, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे र रास्वपा प्रमुख सचेतक सन्तोष परियारसँग परामर्श गरेको सभामुखको सचिवालयले जानकारी दिएको छ । सभामुखले छानबिन समितिको मोडालिटी र टीओआरबारे छलफल गरेका थिए ।

    नेताहरूले प्रधानमन्त्री देशबाहिर रहेकाले फर्केपछि प्रमुख दलका शीर्ष नेताहरूसँगको समेत परामर्शमा समिति गठन गर्न सुझाव दिएका छन् । 

    त्यस्तै संसदका महासचिव पद्मप्रसाद पाण्डेयले सचिवालय सचिव (प्रशासन) डा. रोजनाथ पाण्डेलाई प्रशासनिक छानबिन र कागजात अभिलेखिकरणका लागि तोकेको सभामुखलाई जानकारी गराएका छन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार