शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

विद्या भण्डारीले सुरक्षाबाहेक अन्य सुबिधा नलिने

विद्या भण्डारीले सुरक्षाबाहेक अन्य सुबिधा नलिने

आषाढ १८, २०८२ बुधवार
आषाढ १८, २०८२ बुधवार
  • विद्या भण्डारीले सुरक्षाबाहेक अन्य सुबिधा नलिने

    नेकपा एमालेको सक्रिय राजनीतिमा पुनरागमन गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराष्ट्र प्रमुखका लागि सरकारले उपलब्ध गराउदै आएको सुबिधा नलिने भएकी छन् ।

    भण्डारीले पूर्वराष्ट्र प्रमुखका लागि सरकारले दिदै आएको सुरक्षाबाहेक कुनै पनि सेवासुविधा नलिने व्यहोराको पत्र गृहमन्त्रालयमा पठाएकी हुन् ।

    पत्रमा पूर्वराष्ट्रपति भण्डारीले आजकै मितिदेखि लागू हुनेगरी सुरक्षाबाहेकका कुनै पनि सेवासुविधा नलिने उल्लेख छ । पूर्वराष्ट्रपति भण्डारीले आफ्नो कार्यकाल पूरा गरी सेवानिवृत्त भएपछि पूर्वराष्ट्र प्रमुखका हैसियतले सरकारले उपलब्ध गराउने सेवासुवधा लिँदै आएकी थिइन् ।

    भण्डारी २०७२ कात्तिक ११ गते राष्ट्रपति पदमा पहिलोपटक निर्वाचित भएकी थिइन् । त्यसपछि दोस्रो कार्यकालका लागि २०७४ साल फागुन २९ गते उनी निर्वाचित भइन् । उनको कार्यकाल २०७९ फागुन २९ गते नयाँ राष्ट्रपतिको रुपमा रामचन्द्र पौडेलले शपथ लिएसँगै सकिएको थियो । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार