शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

सत्ता गठबन्धनलाई ८४ सम्म लैजानुको विकल्प छैन- गृहमन्त्री लेखक

सत्ता गठबन्धनलाई ८४ सम्म लैजानुको विकल्प छैन- गृहमन्त्री लेखक

आषाढ १८, २०८२ बुधवार
आषाढ १८, २०८२ बुधवार
  • सत्ता गठबन्धनलाई ८४ सम्म लैजानुको विकल्प छैन- गृहमन्त्री लेखक

    गृहमन्त्री रमेश लेखकले  वर्तमानमा सत्ता गठबन्धनलाई २०८४ सम्म लिएर जानुपर्ने बताएका छन् ।  बुधबार डडेल्धुरामा पार्टी कार्यकर्तासँगको भेटघाट कार्यक्रममा गृहमन्त्री लेखकले कांग्रेस र एमालेको गठबन्धन विकल्प नभएको बताएका हुन् । 

    उनले भने- 'मैले हिजो पनि पार्टीको केन्द्रीय समिति बैठकमा ८४ सम्म यो गठबन्धनलाई निरन्तरता दिनुपर्छ । सरकार बनेको १ वर्ष हुन थालिसकेको छ । सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू हुनुहुन्छ । एक वर्ष पछि हाम्रो पार्टी सभापति आदरणीय नेता शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुहुन्छ । ८४ को निर्वाचन शेरबहादुर दाइले गर्नुहुन्छ ।'

    कांग्रेस र एमालेको गठबन्धन मुलुककै आवश्यकता भएको गृहमन्त्री लेखकको भनाइ छ । उनले भने- 'यही अनुसार हाम्रा गतिविधि हाम्रा क्रियाकलाप, काम कारबाही हुनुपर्छ । राजनीतिक विषयलाई हामीले ध्यान दिनुपर्छ ।' 

    यस्तै गृहमन्त्री लेखकले राजनीतिमा षड्यन्त्र हुने गरेको भन्दै पछिल्लो समय आफू पनि राजनीतिक षड्यन्त्रको एम्बुसमा परेको बताए । उनले भने- 'मान्छेका आ-आफ्नो राजनीतिक उदेश्य छन् । सरकार र समीकरणलाई कसरी कमजोर गर्ने ? कांग्रेसलाई कसरी कमजोर गर्ने भन्ने कुरा होला । मेराविरुद्धमा राजनीतिक षड्यन्त्र भएको हो । यो कुरा विस्तारै स्पष्ट हुँदै गएको छ । एउटा कार्यालयका कर्मचारीमाथि छानबिन हुँदा मन्त्रीलाई नै जोड्नुको नियत प्रष्टै छ ।'

    साथै सरकार र विपक्षी दलबीचको सहमति अनुसार अध्यागमनमा देखिएको समस्या समाधान गर्न उच्चस्तरीयसमिति बनेको उनको भनाइ छ । यस्तै सुदूरपश्चिमको विकासका लागि सरकार सबै तवरबाट लागि परेको गृहमन्त्री लेखकले बताए ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार