नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्यमा भारी गिरावट आएको छ ।
बिहीबार प्रतितोला ३ सय रुपैयाँ बढेको सुनको मूल्य शुक्रबार एकैदिन प्रतितोला २ हजार ९ सय रुपैयाँ घटेको हो। मूल्य घटेसँगै शुक्रबार सुन प्रतितोला १ लाख ८९ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार सुन प्रतितोला १ लाख ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै शुक्रबार चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले घटेको छ ।
आज चाँदी प्रतितोला २ हजार १ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला २ हजार १ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्