शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

मधेस सरकारको बजेटप्रति जनमत असन्तुष्ट, सरकारको नेतृत्व छाड्न सक्ने

मधेस सरकारको बजेटप्रति जनमत असन्तुष्ट, सरकारको नेतृत्व छाड्न सक्ने

आषाढ १२, २०८२ बिहिवार
आषाढ १२, २०८२ बिहिवार
  • मधेस सरकारको बजेटप्रति जनमत असन्तुष्ट, सरकारको नेतृत्व छाड्न सक्ने

    मधेस प्रदेशको बजेटलाई लिएर जनमत पार्टीले तीव्र असन्तुष्टि जनाएको छ । सरकारको नेतृत्व गरिरहेको जनमतले पार्टीका कार्यक्रमहरूलाई असहयोग गर्ने गरी बजेट ल्याइएको जनाएको छ । यसपछि जनमतले सरकारको नेतृत्व नै छाड्नेसम्मको विषयमा छलफल गर्दैछ । त्यसका लागि आइतबार दिउँसो १ बजे सचिवालय बैठक बोलाएको छ । त्यसमा गम्भीर समीक्षासहित सरकारमा रहने वा नरहनेबारे निर्णय हुने प्रवक्ता डा. शरदसिंह यादवले बताएका छन् ।

    ‘बजेट पार्टीले लिएको नीति, सिद्धान्त र भिजनबाट वञ्चित भएको महसुस भएको छ । जनमत पार्टीकै नेतृत्वको सरकार र मुख्यमन्त्री हुँदा पनि यस्तो हुनु, सरकार सञ्चालनमा पार्टीको निर्देशनको पूरै अवहेलना हुनु एकदमै दुर्भाग्यपूर्ण छ । यस विषयमा जनमत पार्टीको संसदीय दल तथा पार्टीको सचिवालय बैठकमा छलफल हुँदैछ, आवश्यक निर्णय त्यहाँबाट गरिनेछ,’ प्रवक्ता यादवले भने । मधेस सरकारले गत असार १ गते आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि ४६ अर्ब ९८ करोड ३३ लाख ५१ हजारको बजेट ल्याएको थियो । जनमत अध्यक्ष डा. सीके राउतको बजेटप्रतिको असन्तोष र बिचौलिया प्रवेशको दावीपछि विपक्षी दलहरूले बजेटको छलफलमा भाग नै नलिने निर्णय गरेको छ ।

    आज बसेको विपक्षी दलहरू जसपा नेपाल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको बैठकले बजेटमाथि बिचौलिया हावी र असमान ढंगले बजेट विनियोजन नभएको निष्कर्ष निकालेको छ । असमान यस अर्थमा की ६४ वटा मधेश प्रदेशसभाको निर्वाचन क्षेत्र मध्ये चारवटा क्षेत्रमा बढी बजेट थन्क्याएको विपक्षी दलहरुको दावी छ ।

    रेडबुकमा मुख्यमन्त्री सतिशकुमार सिंह, भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादव, अर्थमन्त्री सुनिलकुमार यादव र काँग्रेस संसदीय दलका नेता कृष्ण प्रसाद यादव निर्वाचित क्षेत्रमा बजेट केन्द्रीत गरेको विपक्षी दलहरुको दावी छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार