शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

धरानका प्रमुख राजनीतिक दलले प्रचण्डलाई बुझाए ज्ञापनपत्र

धरानका प्रमुख राजनीतिक दलले प्रचण्डलाई बुझाए ज्ञापनपत्र

आषाढ १२, २०८२ बिहिवार
आषाढ १२, २०८२ बिहिवार
  • धरानका प्रमुख राजनीतिक दलले प्रचण्डलाई बुझाए ज्ञापनपत्र

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष धरानका प्रमुख राजनीतिक दलहरू, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र जसपाका प्रतिनिधिहरूले संयुक्तरूपमा ज्ञापनपत्र बुझाएका छन् ।

    ज्ञापनपत्र मार्फत बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ‘छाता ऐन’ बाट अलग गरी पृथक चिकित्सा विज्ञान विश्वविद्यालयको रूपमा विकास गर्न पहल गर्न  उनीहरूले माग गरेका छन् ।

    ज्ञापनपत्र बुझ्दै प्रचण्डले भने- 'मैले सरकारमा हुँदा धेरै विश्वविद्यालयहरू स्थापना गर्ने र अगाडि बढाउने काम गरेको छु । सुदुर पश्चिममा गेटालाई यस्तै यस्तै अरू पनि । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुरानो र नेपालको पूर्वी क्षेत्रको एक अत्यन्त महत्वपूर्ण संस्था हो। तर, यसलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न नसक्नु दुर्भाग्यपूर्ण विषय हो ।' उनले अगाडी भने- 'पदाधिकारी नियुक्तिमा देखिएको अन्योल र कार्यक्षमता अभाव दुःखद पक्ष हुन्। अब यस संस्थामा संरचनागत तथा नीतिगत सुधार गर्दै अगाडि बढ्नुपर्छ । तपाईंहरू समाधानको एक स्पष्ट विकल्प लिएर आउनु भएको छ, यो सकारात्मक कुरा हो। तपाईंहरूको यस मागमा म पूर्ण रूपमा साथ रहन्छ ।'

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार