शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

रास्वपाको महामन्त्री दाबी गर्दै सर्वोच्च पुगे मुकुल ढकाल

रास्वपाको महामन्त्री दाबी गर्दै सर्वोच्च पुगे मुकुल ढकाल

न्यायाधीश कुमार रेग्मीको इजलासले गर्दैछ रिटको सुनुवाइ

आषाढ १२, २०८२ बिहिवार
आषाढ १२, २०८२ बिहिवार
  • रास्वपाको महामन्त्री दाबी गर्दै सर्वोच्च पुगे मुकुल ढकाल

    डा.मुकुल ढकालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री आफू नै भएको दावी गर्दै दायर गरेको रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ । न्यायाधीश कुमार रेग्मीको इजलासमा सुनुवाइका लागि पेशी तोकिएको छ ।

    ढकालले आफू नै रास्वपाको महामन्त्री रहेको र सोही हैसियतमा काम गरिपाउँ भन्दै असार १३ गते सर्वोच्चमा रिट दायर गरेका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय, महामन्त्री कविन्द्र बुर्लाकोटी, पार्टीको प्रवक्ता मनिष झा र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रतिवादी बनाउँदै रिट दायर भएको छ ।

    ढकालले आफूलाई कारवाही गर्ने पार्टीको निर्णयविरुद्ध निर्वाचन आयोगमा पनि निवेदन दिएका छन् । आफ्नो कारवाहीबारे पार्टीको कुनै पनि पत्र अद्यावधिक नगर्न आयोगलाई भनेका छन् । पार्टी अनुशासन विपरीत अभद्र र अमर्यादित व्यवहार प्रदर्शन गर्नुको साथै पार्टीको छविमा प्रतिकूल प्रभाव पार्ने अभिव्यक्ति दिएको भन्दै रास्वपाले एक वर्षअघि उनलाई महामन्त्री, केन्द्रीय सदस्य र साधारण सदस्य समेत नरहनेगरी निलम्बन गरेको थियो । पार्टीले आफूलाई गरेको कारवाही अवैधानिक भएको उनको दावी छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार