शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

संसदीय सुनुवाइ समितिको बैठक बस्दै, प्रस्तावित न्यायाधिशविरुद्ध परेको उजुरी खोलिदै

संसदीय सुनुवाइ समितिको बैठक बस्दै, प्रस्तावित न्यायाधिशविरुद्ध परेको उजुरी खोलिदै

आषाढ १२, २०८२ बिहिवार
आषाढ १२, २०८२ बिहिवार
  • संसदीय सुनुवाइ समितिको बैठक बस्दै, प्रस्तावित न्यायाधिशविरुद्ध परेको उजुरी खोलिदै

    आज संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ ।

    विहान ११ बजे बस्ने बैठकमा सर्वोच्च अदालतका प्रस्तावित न्यायाधिशहरुका सम्बन्धमा परेका उजुरीहरु खोल्ने र समितिका सदस्यहरुलाई कार्ययोजना वितरण गर्ने कार्यसूची रहेको समितिले जानकारी दिएको छ ।

    समितले यसअघि असार १ गते सर्वोच्च अदालतका तीन न्यायाधीशसहित एक न्याय परिषद् सदस्यको उजुरी आव्हान गरेको थियो । समितिले सार्बजनिक सूचना निकाल्दै १० दिन भित्र समितिको सचिवालय वा जिल्ला प्रशासन कार्यालय वा इमेलमार्फत उजुरी दिन आग्रह गरेको थियो ।

    न्याय परिषदको जेठ २६ गतेको बैठकले सर्वोच्च अदालतको तीन न्यायाधीशमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, मुख्य न्यायाधीश श्रीकान्त पौडेल र शान्ति सिंह थापालाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।

    त्यस्तै गत विहिबार प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायपरिषद्को सदस्यमा वरिष्ठ अधिवक्ता महेश नेपालको नाम सिफारिस गरेका थिए ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार