शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

रास्वपा र राप्रपाको बहिष्कारकै बीच सभामुखले अघि बढाए संसद बैठक

रास्वपा र राप्रपाको बहिष्कारकै बीच सभामुखले अघि बढाए संसद बैठक

आषाढ ९, २०८२ सोमवार
आषाढ ९, २०८२ सोमवार
  • रास्वपा र राप्रपाको बहिष्कारकै बीच सभामुखले अघि बढाए संसद बैठक

    भिजिट भिसा प्रकरणमा विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन समितिको अडान कायमै राखेका छन्। सोही विषयलाई लिएर आज पनि प्रतिनिधिसभा बैठकमा अवरोध गरेका छन्।

    आज बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ र स्पष्टीकरण दिने कार्यसूची छ। बैठक सुरू हुने वित्तिकै रास्वपा र राप्रपाले उठेर विरोध जनाएका छन्। बैठक सुरू हुने वित्तिकै दुई दलका सांसदहरूले उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले रास्वपा सांसद शिव नेपालीलाई बोल्नका लागि समय दिएका छन्।

    उनले भिजिट भिसा प्रकरणमा अनुसन्धान नगरी सरकार मौन रहेको बताए। सरकारले आफ्ना मागहरूलाई सम्बोधन गर्नुको सट्टा दबाउन खोजेको आरोप लगाए। आफ्ना माग पूरा नभएसम्म सदनको अवरोध कायमै राख्ने भन्दै रास्वपा विनियोजन विधेयकमाथिको छलफलमा भाग नलिने उनले बताए।

    उनले बोलेसँगै रास्वपा र राप्रपा संसदबाट बाहिरिएको छ। यता सभामुख घिमिरे दुई विपक्षी दलको विरोधका वावजुद अरु दिन जस्तै संसद वैठक अगाडि बढाएका छन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार