शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

लुम्बिनीकी सांसद रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी

लुम्बिनीकी सांसद रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी

आषाढ ८, २०८२ आइतवार
आषाढ ८, २०८२ आइतवार
  • लुम्बिनीकी सांसद रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी

    लुम्बिनी प्रदेश सांसद सुमन शर्मा रायमाझीविरूद्व पक्राउ पुर्जी जारी भएको छ। जनमत पार्टीकी सांसद रायमाझीविरुद्ध बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भएको हो। समानुपातिक सांसद रायमाझीविरुद्ध जिल्ला अदालत पर्साबाट जेठ १६ गते नै पक्राउ पुर्जी जारी भएको थियो।

    पर्साको पोखरियाकी आशाकुमारी चौहानले बैंकिङ कसुरमा उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएकी थिइन्। जनमतकै नेतृ आशाकुमारीसँग सुमनले साढे पाँच लाख रूपैयाँ सापटी लगेर चेक दिएकी थिइन्। फिर्ता दिने ग्यारेन्टीका लागि प्रदेशसभा सदस्य चेक साट्न जाँदा पैसा नभएपछि चेक बाउन्स भएको थियो । सांसद रायमाझी हाल फरार छिन्।

    उनीविरुद्ध पर्सा जिल्ला अदालतले बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार देखिएको भन्दै जेठ १६ गते प्रहरीको आग्रहअनुसार पक्राउ पुर्जी जारी भएको थियो। अदालतको आदेशअनुसार सुमनको घरठेगानामा गई खानतलासी गरी पक्राउ गरी बुझाइदिन भन्दै पर्सा प्रहरीले असार ३ गते बर्दिया प्रहरीलाई पत्राचार गरेको छ। यद्यपि पत्र आइनपुगेको बर्दिया प्रहरीले जनाएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार