शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

प्रधानमन्त्री ओली र विद्या भण्डारीबीच भेटवार्ता, के-के भयो कुराकानी?

प्रधानमन्त्री ओली र विद्या भण्डारीबीच भेटवार्ता, के-के भयो कुराकानी?

आषाढ ४, २०८२ बुधवार
आषाढ ४, २०८२ बुधवार
  • प्रधानमन्त्री ओली र विद्या भण्डारीबीच भेटवार्ता, के-के भयो कुराकानी?

    प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेट भएको छ । मंगलबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री ओली र पूर्व राष्ट्रपति भण्डारीबीच भेटवार्ता भएको हो ।

    एमालेको राजनीतिमा सक्रिय बन्ने तर्फ अग्रसर रहेकी पूर्व राष्ट्रपति भण्डारीले एमाले अध्यक्ष समेत रहेका ओलीसँग भेट गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

    एमाले र पार्टीका भातृ संगठनमा भण्डारीले आफ्नो प्यानल खडा गर्दै ओलीलाई अप्रत्यक्ष रुपमा चुनौती दिन शुरु गरिसकेकी छन् । जसबाट ओली असन्तुष्ट रहेका छन् । उनले सार्बजनिक रुपमा नै एमालेमा कुनै गुट नरहेको र पार्टीका अधिवेसन र भातृ संगठनको नेतृत्व चयनमा सर्वसम्मतको प्रयास गरिरहेका छन् ।

    एमालेका पादधिकारीहरुले पनि भण्डारीलाई पार्टीको सक्रिय राजनीतिमा ल्याउन प्रयास गरिरहेका छन् । पुर्व उपराष्ट्रपति नन्द बहादुर पुन माओवादीको उपाध्यक्ष बनेर भण्डारीलाई सक्रिय राजनीतिमा आउन बाटो खोलेको विश्लेषण गरिएको छ । 

    भण्डारीले पछिल्ला दिनहरुमा देशका विभिन्न भागमा पुगेर एमालेका  नेता, कार्यकर्ताहरूसँग भेट गर्ने गरेकी छन् । त्यस्तै उनले हालै एमाले नेताको हैसियतमा चीन भ्रमण समेत गरेकी थिइन् ।

    पूर्व राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीसँग पछिल्लो राजनीतिबारे छलफल गरेको र अर्कोतर्फ भण्डारीले पार्टीमा आफ्नो भूमिका खोजेको विश्लेषण गरिएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार