शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

धरानमा मेयर र उपमेयर फेरी आमने सामने, समर्थकबीच झडप

धरानमा मेयर र उपमेयर फेरी आमने सामने, समर्थकबीच झडप

आषाढ ३, २०८२ मंगलवार
आषाढ ३, २०८२ मंगलवार
  • धरानमा मेयर र उपमेयर फेरी आमने सामने, समर्थकबीच झडप

    धरान उपमहानगरमा मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्रविक्रम बेघाका समर्थकहरूबीच झडपको स्थिति सिर्जना भएको छ ।

    मंगलबार मेयर साम्पाङका समर्थकहरूले उपमेयरमाथि हुलहुज्जत गर्न खोजेपछि स्थिति तनावग्रस्त बनेको बताइएको छ । तनाव बढ्दै जादा मेयर र उपमेयर बेघाका समर्थकहरू कार्यालय परिसरमा भेला भएर नाराबाजी र धकेला धकेल गरेका थिए । स्थिति तनावपूर्ण बनेपछि ठुलो संख्यामा सुरक्षाकर्मी समेत परिचालन गरिएको थियो ।

    धरान–१६ स्थित बहुभाषिक पाठशालामा निर्माण गरिएको ग्याबिन जालीको विषयमा विवाद हुदा तनाव बढेको बताइएको छ । 

    मेयर साम्पाङको नेतृत्वमा केही महिना अघि श्रमदानमार्फत उक्त जाली निर्माण गरिएको थियो । तर, निर्माण सकिएपछि साम्पाङले त्यसको नयाँ रि–इस्टिमेट गराएर उपभोक्ता समिति बनाएर नगर कार्यालयमा बिल पेस गरेको आरोप उपमेयर बेघाले लगाएका थिए ।

    बेघाले श्रमदानबाट पहिल्यै सम्पन्न कामको भुक्तानी नगरबाट गर्न नमिल्ने भन्दै डोर हाजिरी गरिएको, बाहिरी व्यक्तिलाई उपभोक्ता समितिमा राखिएको र काम पछि समिति बनाइ बिल पेस गरिएको आरोप लगाएका छन् । उता मेयर साम्पाङ भने श्रमदानको पनि मूल्य हुनुपर्ने रेकर्डको लागि लागत लेखिएको तर भुक्तानी नगरिने मंगलबार पत्रकार सम्मेलन गरेर स्पष्ट गरेका थिए ।

    मेयरमा स्वतन्त्र विजयी भएका साम्पाङ र माओवादी केन्द्रबाट विजयी भएका उपमेयर बेघा कार्यकालको शुरुमा मिलेर काम गरेपनि पछिल्ला दिनमा असमझदारी बढ्दै गएको र दुवैबीच पटक पटक विवाद हुदै आएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार