शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

निलो रिवन लगाएर मानव तस्करीविरुद्ध रास्वपाको विरोध

निलो रिवन लगाएर मानव तस्करीविरुद्ध रास्वपाको विरोध

आषाढ ३, २०८२ मंगलवार
आषाढ ३, २०८२ मंगलवार
  • निलो रिवन लगाएर मानव तस्करीविरुद्ध रास्वपाको विरोध

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरण छानबिनको माग गर्दै संसदमा विरोध गर्दै आइरहेको छ। गृह मन्त्रालय अन्तर्गतको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका कर्मचारीले संगठित रूपमा पैसा उठाएको विषय भिजिट भिसा प्रकरणका रूपमा चर्चित छ।

    भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति बनाउन माग गर्दै रास्वपाले बैठक अवरोध गर्दै आइरहेको छ। रास्वपाले संसदमा नाराबाजी र वेल घेराउ गर्दै आइरहेको छ। यसैबीच आज (मंगलबार) संसद भवन प्रवेश गर्नुअघि रास्वपाले विरोधको फरक शैली अपनाएको छ। रास्वपाका सबै सांसदहरूले निलो रङको खादा (रिवन) लगाएर विरोध जनाएका छन्।

    ‘हामीले रचनात्मक ढंगले कसरी विरोध गर्न सकिन्छ भनेर सोच्यौं,’ रास्वपाका एक सांसदले भने, ‘त्यही अनुरूप हामीले निलो रङको खादा लगाएर विरोध जनाएका छौं ।’ रास्वपाका सांसद तथा कार्यवाहक प्रवक्ता मनीष झाका अनुसार मानव तस्करीविरुद्धको अभियानलाई विश्वभर ‘निलो रिबन’ को प्रतिकले जनाउने भएकाले आफूहरू त्यस्तै गरी प्रस्तुत भएको बताए। रास्वपा गत जेठ १३ गतेदेखि लगातार सदनमा भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिन हुनुपर्ने भन्दै विरोध जनाउँदै आइरहेको छ। तर सत्तापक्षले भने यसलाई इन्कार गरिरहेका छन्।

    प्रतिनिधि सभाको केहीबेरमा बस्दैछ । बैठकमा जेठ १५ गते पेस भएको बजेटमाथिको छलफल हुनेछ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार