शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

प्रधानमन्त्रीको स्पेन भ्रमण मन्त्रिपरिषदबाट स्वीकृत: जलस्रोत विधेयक फिर्ता

प्रधानमन्त्रीको स्पेन भ्रमण मन्त्रिपरिषदबाट स्वीकृत: जलस्रोत विधेयक फिर्ता

आषाढ २, २०८२ सोमवार
आषाढ २, २०८२ सोमवार
  • प्रधानमन्त्रीको स्पेन भ्रमण मन्त्रिपरिषदबाट स्वीकृत: जलस्रोत विधेयक फिर्ता

    प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ । आज सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीको भ्रमण स्वीकृत गरेको एक मन्त्रीले जानकारी दिए।

    आउँदो असार १४ गतेबाट २० गतेसम्मका लागि भ्रमण स्वीकृत भएको हो। संयुक्त राष्ट्र संघीय विकासका लागि वित्त कार्यक्रमको चौथो सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली स्पेन जान लागेका हुन्। उक्त सम्मेलनमा संयुक्त राष्ट्रसंघमा आबद्ध मुलुकका राष्ट्र प्रमुख र सरकार प्रमुखहरूको सहभागिता रहनेछ।

    सरकारले जलस्रोत विधेयक फिर्ता गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद् बैठकले उक्त विधेयक फिर्ता गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवैबाट पारित भएर मन्त्रिपरिषद् पुगेको यो विधेयक फिर्ता गर्ने निर्णय भएको हो।

    विधेयकको प्रारम्भिक मस्यौदा ३१ जेठ २०८१ मा तत्कालीन ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले संसद्मा दर्ता गराएका थिए। तर, उक्त विधेयक विदेशीको समेत स्वार्थमा रहेको शंकापछि प्रधानमन्त्री केपी शर्मा ओलीले चासो राखेका थिए। आजको बैठकमा पनि यही विधेयकबारे अधिकांश समय चर्चा भएको थियो।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार