शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

रास्वपासँग सभामुखको छलफल

रास्वपासँग सभामुखको छलफल

आषाढ २, २०८२ सोमवार
आषाढ २, २०८२ सोमवार
  • रास्वपासँग सभामुखको छलफल

    सभामुखले आज बिहान सरकारी निवास बालुवाटारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डोलप्रसाद (डीपी) अर्याल र प्रमुख सचेतक सन्तोष परियारसँग भेट गरेका छन् ।

    भेटमा सभामुखले दुई सातादेखि विपक्षीको अवरोधले संसद बन्धक भयो । बजेटबारे ब्यापक छलफल गर्नुपर्ने, समृद्ध बनाउने बेला संसद अबरूद्ध हुँदा जनतामा गलत सन्देश गएको बताएका थिए ।

    सभामुखले विपक्षीले उठाएका मुद्दा गम्भीर रहेकाले दुई सातासम्म संसदलाई सहमतिका लागि रोकेको बताउदै अब संसद रोक्ने अवस्था नरहेको बताएका थिए । 

    सभामुखले भनेका थिए- 'संसदको नेतृत्वका हिसाबले मैले संवैधानिक सीमालाई पनि ख्याल गर्नुपर्दछ । राष्ट्रिय सभाले ५ गतेभित्र प्रतिनिधिसभाबाट विनियोजन विधेयक पठाउन भनेको छ । यस्तो अवस्थामा जुनसुकै हालतमा बजेट पारित गर्नैपर्दछ । तपाईंहरूले आफ्नो आन्दोलनको स्वरुप बदलेर पनि संवैधानिक सीमा र बाध्यता बुझ्नुपर्छ । बरू सरकारसँग संवादका लागि आवश्यक सहजीकरण म गर्नेछु । गम्भीर भएर छलफल गरौं । 

    त्यस्तै भेटमा अर्यालले विपक्षीले उठाएका माग गम्भीर रहेको भन्दै जनताको वास्वविक समस्या उठाएको बताएको थिए ।  उनले भनेका थिए- 'हाम्रा माग र मुद्दामा सरकार गम्भीर नभएकाले संसद अबरोध बाध्यात्मक भएको हो । अहिलेकै अवस्थामा हामी मुद्दाबाट पछाडि फर्कन सक्ने अवस्थामा छैनौं । तथापि हामी अहिलेको निकासका लागि छलफल र संवादमा नै छौं ।'

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार