शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

लुम्बिनी प्रदेशले ल्यायो ३८ अर्ब ९१ करोडको बजेट

लुम्बिनी प्रदेशले ल्यायो ३८ अर्ब ९१ करोडको बजेट

आषाढ १, २०८२ आइतवार
आषाढ १, २०८२ आइतवार
  • लुम्बिनी प्रदेशले ल्यायो ३८ अर्ब ९१ करोडको बजेट

    लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट ल्याएको छ ।

    आइतबार लुम्बिनी प्रदेशसभाको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले चालुतर्फ १२ अर्ब १ करोड ४७ लाख ८६ हजार र पुँजीगततर्फ २३ अर्ब ४७ करोड १४ लाख ६५ हजार बजेट विनियोजिन गरेको जानकारी दिएका छन् । त्यस्तै बजेटमा वित्तीय हस्तान्तरणका लागि ३ अर्ब ४२ करोड ३७ लाख ४९ हजार अनुमान गरिएको छ ।

    बजेटले आगामी आर्थिक बर्षमा आर्थिक वृद्धिडर ६.५ प्रतिशत हुने अनुमान गरेको छ । आगामी आर्थिक बर्षको खर्च बेहोर्ने स्रोतमा आन्तरिक राजश्वबाट ७ अर्ब ७८ करोड ४ लाख, रोयल्टीबाट ४१ करोड ५० लाख, राजश्व बाँडफाँटबाट ११ अर्ब ८६ करोड ५६ लाख, संघको वित्तीय समानीकरण अनुदानबाट ८ अर्ब ४४ करोड ४४ लाख, सशर्त अनुदानबाट ४ अर्ब ६६ करोड १५ लाख समपुरक अनुदानबाट ५१ करोड ४० लाख र विशेष अनुदानबाट ४० करोड ४६ लाख र बाँकि अपुग २ अर्ब  नगद मौज्जातबाट बेहोरिने उल्लेख छ ।

    लुम्बिनी प्रदेश सरकारले ल्याएको बजेटमा कृषिमा उत्पादन र उत्पादकत्व बृद्धि, गुणस्तरीय शिक्षा र स्वाथ्य सेवामा पहुँच, उद्यमशिलता विकास, दिगो पूर्वाधार विकास, सामाजिक न्याय सहितको समावेशी विकासलाई प्राथमिकतामा राखेको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार