शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

रवि लामिछानेसहित २९ जनाविरुद्ध पर्सामा मुद्धा दायर

रवि लामिछानेसहित २९ जनाविरुद्ध पर्सामा मुद्धा दायर

आषाढ १, २०८२ आइतवार
आषाढ १, २०८२ आइतवार
  • रवि लामिछानेसहित २९ जनाविरुद्ध पर्सामा मुद्धा दायर

    रवि लामिछानेविरुद्ध पर्साअदालतमा मुद्दा दर्ता भएको छ । लामिछानेविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय पर्साले सहकारी ठगी तथा संगठित अपराध मुद्दाको अभियोगपत्र जिल्ला अदालतमा दर्ता गरेको हो । 

    प्रहरीको प्रारम्भिक अनुसन्धानबाट सानो पाइलाबाट गोर्खा मिडिया प्रालिमा १० करोड ६ लाख ९४ हजार रुपैयाँ र नेचर हर्ब्स इन्डस्ट्रिज प्रालिमा ९५ लाख ९८ रुपैयाँ स्थानान्तरण भएको पाइएको थियो ।

    सानो पाइलाबाट काठमाडौंमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा मात्र १ अर्ब १५ करोड ९१ लाख ४४ हजार ३ सय ९५ रुपैयाँ ट्रान्सफर भएको अनुसन्धानमा खुलेको छ ।

    वीरगन्ज–६ आदर्शनगरमा कार्यालय स्थापना गरी सन्चालन गरिएको सानो पाइला सहकारीले स्थानीय ५ हजार ८ सय ७३ बचतकर्ताको कूल २ अर्ब ३० करोड १४ लाख २९ हजार ८ सय रुपैयाँ अपचलन भएको अनुसन्धानमा खुलेको छ ।

    २०८० साउन २१ गते नाजनिन बेगमसहित ५२ बचतकर्ताले ४ करोड ३४ लाख २४ हजार २३ रुपैयाँ सानो पाइला सहकारीले अपचलन गरेको दाबीसहित जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दिएका थिए भने विशाल सहनी गोढीसमेत २ सय ७ बचतकर्ताले आफूहरूको ४ करोड ५८ लाख १४ हजार ४ सय २१ रुपैयाँ अपचलन भएको दाबी सहित २०८० भदौ २२ गते जाहेरी दिएको आधारमा प्रहरीले अनुसन्धान अगाडी बढाएको थियो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार