शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

साना किसानहरुका लागि बैंकहरुले ऋण प्रवाहमा सहयोग गर्नुपर्छः मन्त्री अधिकारी

साना किसानहरुका लागि बैंकहरुले ऋण प्रवाहमा सहयोग गर्नुपर्छः मन्त्री अधिकारी

आषाढ १, २०८२ आइतवार
आषाढ १, २०८२ आइतवार
  • साना किसानहरुका लागि बैंकहरुले ऋण प्रवाहमा सहयोग गर्नुपर्छः मन्त्री अधिकारी

    कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले साना किसानहरुलाई समेत सहज, सरल र सुलभ ढंगले ऋण प्रवाह गर्नुपर्ने बताएका छन् । राष्ट्रवादी गणतान्त्रिक मोर्चाले कृषिका विभिन्न विषय बुझाएको ज्ञापन पत्र बुझदै मन्त्री अधिकारीले बैक तथा वित्तिय संस्थाले किसानहरुको गरिविबाट माथि उठ्न सक्नेगरि ऋण प्रवाह गर्नुपर्ने र छिट्टै मन्त्रालयले यस बारेमा नेपाल राष्ट्र वैकसँग छलफल गर्ने तयारी गरेको उल्लेख गरेका हुन् ।

    यस्तै, उनले यस पटकको बजेटमा प्राङ्गारिक मलको प्रवद्र्धनका लागि मन्त्रालयले पहिलो पटक वजेटको व्यवस्था गरेको र यसवाट कृषिमा रासायनिक मलको परनिर्भरता विस्तारै अन्त्य गर्ने बाटोको सुरुवात गर्ने बताए । कृषि अनुदानमा दुरुपयोग भएको विषयमा गठित छानविन समितिले काम गरिरहेको र यसको प्रतिवेदन पछि दुरुपयोग गर्ने व्यक्ति तथा फर्ममाथि कारवाही गरिने पनि मन्त्री अधिकारीले बताए । 

    उनले आफूले मन्त्रालयको नेतृत्व लिएपछि १ खर्व ७ अर्व रुपैयाँ अनुदान लिने व्यक्ति तथा फर्मको नाम सार्वजनिक गरेको र आगामी दिनमा यसले अनुदानमा पारदर्शिता कायम हुने विश्वास व्यक्त गरे ।

    मासु, अण्डा, दुध लगायतमा मुलुक आत्मर्निभर भएको र धान,गँहु मकै जस्ता वस्तुमा आत्मनिर्भरताका लागि प्रयास गरिएको भन्दै मन्त्री अधिकारीले खुल्ला सीमाका कारण निर्वादरुपमा आयात हुँदा भने किसान समस्यामा पर्ने गरेको बताए । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार