शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

रास्वपाले किर्ते आरोपी खडा गरेर उजुरी दायर गर्ने प्रयास गर्‍यो : गृहमन्त्री लेखक

रास्वपाले किर्ते आरोपी खडा गरेर उजुरी दायर गर्ने प्रयास गर्‍यो : गृहमन्त्री लेखक

जेठ ३०, २०८२ शुक्रवार
जेठ ३०, २०८२ शुक्रवार
  • रास्वपाले किर्ते आरोपी खडा गरेर उजुरी दायर गर्ने प्रयास गर्‍यो : गृहमन्त्री लेखक

    गृहमन्त्री रमेश लेखकले आफ्नो राजनीतिक चरित्रको हत्या गर्न सुनियोजित रुपमा भिजिट भिसा प्रकरणमा आरोपित गरिएको बताएका छन् । प्रतिनिधि सभामा बोल्दै गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफुविरुद्ध उठेका प्रश्नको जवाफ दिदै आफूविरुद्ध नियोजित र षड्यन्त्रमूलक ढंगले राजनीतिक रुपमा आक्रमण गर्ने प्रयास गरिएको भन्दै आपत्ति जनाएका हुन् ।

    अड्कल र आशंकाका विषयमा लगाइएको आरोपमा आफुले राजीनामा नदिने बताउदै प्रमाण बिना चरित्र हत्या गरिनु लोकतन्त्रको अपमान भएको बताए । 

    गृहमन्त्री लेखकले संसदमा जवाफ दिदै आफु भिजिट भिसा प्रकरणमा आफु दोषी नभएको स्पष्ट गर्दै यस प्रकरणको छानबिन अख्तियारले गरिरहेको बताएका छन् ।

    साथै गृहमन्त्री लेखकले रास्वपाले आफ्ना सभापति रवि लामिछानेलाई जोडेर आफ्नो राजीनामा माग गरेको भन्दै लामिछानेविरुद्ध किटानी उजुरी परेको र आफूविरुद्ध कुनै उजुरी नै नपरेको स्पष्ट गरे ।

    उनले रास्वपाले आफ्नो पार्टी कार्यालयमा किर्ते आरोपी खडा गरेर उजुरी दायर गर्ने प्रयास गरिरहेको सुचना आफुले पाएको भन्दै त्यस्तो नगर्न चेतावनी दिएका छन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार