शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

मेयर बालेन पनि अख्तियारको छानबिनमा

मेयर बालेन पनि अख्तियारको छानबिनमा

जेठ २७, २०८२ मंगलवार
जेठ २७, २०८२ मंगलवार
  • मेयर बालेन पनि अख्तियारको छानबिनमा

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहमाथि पनि छानबिन थालेको छ ।मेयर शाहले फ्रान्सको पेरिसमा भएको ७७औं कान्स फिल्म फेस्टिभलमा गरेको भ्रमणबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन अगाडि बढाएको हो ।

    मेयर र उनका सचिवालयका सदस्यको वैदेशिक भ्रमणका क्रममा भएको खर्चबारे प्रश्न उठाउँदै उजुरी परेपछि यसबारे प्रारम्भिक छानबिन अगाडि बढाइएको स्रोतले जनाएको छ । त्यसक्रममा थप कैफियत देखिएपछि अनुसन्धान अघि बढाइएको आयोगका एक अधिकारीले जनाए ।

    महालेखा परीक्षकको प्रतिवेदन २०८२ मा समेत काठमाडौं महानगरले भ्रमण खर्चवापत ५२ लाख ५४ हजार ७७ रुपैयाँ बराबर खर्च गरेको देखिएको भन्दै अधिकांश भुक्तानी नियमसंगत नभएको उल्लेख गरेको थियो । स्थानीय तहका कर्मचारीहरूको विदेश भ्रमण सम्बन्धी निर्देशिका, २०७५ अनुसार कर्मचारीको विदेश भ्रमणका लागि राजपत्रांकित विशिष्ट श्रेणी र प्रथम श्रेणीबोहक अन्यको हकमा संघीय मामिला तथा प्रशासन मन्त्रालयको सचिवले मनोनयन गर्ने व्यवस्था छ ।

    तर, त्यसविपरित पदाधिकारी र कर्मचारी वैदेशिक भ्रमणमा भएको प्रतिवेदनमा उल्लेख थियो । ‘यो विषयमा हामीले पहिल्यैबाट छानबिन गरिरहेका थियौं’, ती अधिकारीले भने, ‘केही कैफियत देखिएपछि बुझ्नुपर्ने भएकाले बयानका लागि समेत केहीलाई बोलाएका छौं ।’

    स्रोतका अनुसार, आयोगले बयानका लागि महानगरका सल्लाहकार सुनिल लम्साल र कुमार ब्यन्जनकार (बेन) लाई बोलाएको छ । लम्साल ब्राजिलमा भएको एक बैठकमा सहभागी हुन गएका बेलाको हवाई खर्च भुक्तानीमा महालेखाले प्रश्न उठाएको थियो । कुमार बेन चाहिँ मेयर शाहसँगै ३१ वैशाख २०८१ मा विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा सहभागी हुने गएका थिए । कान्सका मेयर डेभिड लिसनार्डको निम्तोमा उनी त्यहाँ गएको मेयर शाहको सचिवालयले जनाएको थियो ।

    आयोगका एक अधिकारीले भने तत्काललाई यो विषय मुद्दा चल्ने किसिमको नदेखिए पनि उनीहरुको बयानले थप विषयहरु निर्धारण गर्ने बताए । ‘कतिपय विषय रकम फिर्ता गर्ने कुरासँग पनि जोडिएलान्, थप छानबिन चलिरहेकै छ’, ती अधिकारीले भने ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार