शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

नेपाल बैंकका पूर्व अध्यक्ष अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

नेपाल बैंकका पूर्व अध्यक्ष अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

जेठ २६, २०८२ सोमवार
जेठ २६, २०८२ सोमवार
  • नेपाल बैंकका पूर्व अध्यक्ष अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    बैंकबाट ऋण प्रवाह गर्दा घुस लिएको आरोपमा नेपाल बैंकका पूर्व अध्यक्ष डा. चन्द्रप्रसाद अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। तीन वटा कम्पनीलाई कर्जा प्रवाह गर्दा ७५ लाख घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

    उनले रुपन्देहीको भुसाल हस्पिटालिटीलाई नेपाल बैंकबाट एक अर्ब ७७ करोड २९ लाख कर्जा प्रवाहमा सघाएका थिए। त्यसबापत १९ लाख अधिकारीले घुस लिएको पुष्टि भएको अख्तियारले जनाएको छ । भुसाल हस्पिटालिटीका सञ्चालक बालकृष्ण भुसाल, अंकित भुसाल तथा अमृत भुसालविरुद्ध पनि घुस दिएको आरोपमा मुद्दा दायर भएको छ। घुस लेनदेनमा सघाउने नसिब अन्सारीलाई पनि प्रतिवादी बनाइएको छ।

    हिमाल तराई कन्ट्रक्सन, अकलादेवी ट्रेडर्ससँग घुस लिएको अभियोगमा पनि छुट्टाछुट्टै मुद्दा दायर भएको छ । हिमाल तराई कन्ट्रक्सनसँग ६ लाख तथा अकलादेवीसँग ५० लाख घुस लिएको पुष्टि भएको आयोगले जनाएको छ । उनको मेबाइल नियन्त्रणमा लिई आयोगले विस्तृत अनुसन्धान गर्दा उनको घुस लेनदेन पत्ता लागेको हो।

    अकलादेवी ट्रेडर्सलाई २५ करोड ऋण दिंदा उनले सञ्चालकहरू नारायण प्रसाद बराल, दानबहादुर कार्की र सुन्दर बहादुर बाँनियासँग २ प्रतिशत घुसको डिल गरी लिएका थिए । कम्पनीका सञ्चालकलाई पनि प्रतिवादी बनाइएको छ भने घुस लेनदेनमा सघाउने सन्तोष सुवेदी र खुस नसिब अन्सारीविरुद्ध पनि मुद्दा दायर भएको छ। त्यस्तै, हिमाल तराई कन्ट्रक्सनका सञ्चालक रमेश आचार्यलाई ६ करोड ऋण दिदा ६ लाख घुस लिएका हुन्। घुसवापतको चेक उनको घरबाटै अख्तियारले माघ २३ गते बरामद गरेको थियो।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार