शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

आज पनि बस्न सकेन संसद बैठक

आज पनि बस्न सकेन संसद बैठक

जेठ २६, २०८२ सोमवार
जेठ २६, २०८२ सोमवार
  • आज पनि बस्न सकेन संसद बैठक

    विपक्षीको अवरोधका कारण आज (सोमबार) पनि प्रतिनिधिसभा वैठक बस्न सकेन ।

    प्रतिनिधिसभा बैठक बुधबार दिउँसो १ बजे बस्ने गरी स्थगित भएको छ। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै विपक्षी दलले सदन सञ्चालनमा अवरोध गरेका हुन्।

    आजको बैठक दिउँसो २ बजे बस्ने कार्यसूची थियो। तर डेढ घण्टा ढिलो सुरु भएको बैठक पाँच मिनेटमै ३० मिनेटका लागि स्थगित भएको थियो। बैठक सुरु भएको जानकारी सभामुख देवराज घिमिरेले जानकारी गराउने बित्तिकै विपक्षीहरूले उठेर टेबुल ठोक्दै विरोध जनाएपछि उनले स्थगित भएको सूचना पढेका थिए। तर बैठक ३० मिनेटपछि नबसी बुधबार दिउँसो १ बजेसम्मका लागि सरेको सभामुखको सचिवालयले जनाएको छ।

    भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि छानबिन गर्न समिति बनाउनु पर्ने विपक्षीको माग छ भने सत्तापक्ष यसका लागि तयार भएको छैन। वैशाख १३ गतेदेखि विपक्षीले यही माग राख्दै सदन अवरोध गर्दै आएका छन्। उनीहरूले जेठ १५ गते भने बजेट पेस गर्न दिएका थिए। त्यसपछि बैठक जेठ १९ गते बसेको थियो। उक्त बैठक र त्यसयताका सबै बैठक नियमित कार्यसूचीमा प्रवेश नगरी स्थगित हुँदै आएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार