शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

अनेरास्ववियुको महाधिवेशन आज ओलीले उदघाटन गर्दै, सर्वसम्मत नेतृत्व चुन्ने प्रयास जारी

अनेरास्ववियुको महाधिवेशन आज ओलीले उदघाटन गर्दै, सर्वसम्मत नेतृत्व चुन्ने प्रयास जारी

जेठ २५, २०८२ आइतवार
जेठ २५, २०८२ आइतवार
  • अनेरास्ववियुको महाधिवेशन आज ओलीले उदघाटन गर्दै, सर्वसम्मत नेतृत्व चुन्ने प्रयास जारी

    सत्तारुढ नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुको २४औं राष्ट्रिय महाधिवेशन आजबाट सुरू हुँदैछ ।

    महाधिवेशनको उद्घाटन दिउँसो १ बजे कीर्तिपुरस्थित त्रिवि स्मृति भवनमा हुनेछ। तीन दिनसम्म चल्ने महाधिवेशनको प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नेछन्। महाधिवेशनले अध्यक्ष, दुई उपाध्यक्ष, महासचिव, चार सचिवसहित १५१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ।

    ३२ वर्षे उमेरहदका कारण वर्तमान १७ सदस्यीय पदाधिकारीमध्ये अधिकांश बिदा हुनेछन्। सचिव पदमा रहेका प्रकाश पौडेल, दीपक धामी, डा. सुजन कडरिया, अञ्जना शिवाकोटी र आरती भट्टराई लगायत ३२ वर्षमुनिका छन्।

    अध्यक्षका लागि पाँचै जनाले आकांक्षा राखेका छन्। महाधिवेशनले सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गर्ने अनेरास्ववियुका नेताहरूले बताएका छन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार