शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

बजेट सन्तुलित छ, गृहमन्त्रीले राजीनामा दिनु पर्दैन् - शेरबहादुर देउवा

बजेट सन्तुलित छ, गृहमन्त्रीले राजीनामा दिनु पर्दैन् - शेरबहादुर देउवा

जेठ २२, २०८२ बिहिवार
जेठ २२, २०८२ बिहिवार
  • बजेट सन्तुलित छ, गृहमन्त्रीले राजीनामा दिनु पर्दैन् - शेरबहादुर देउवा

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको बजेट राम्रो रहेको प्रतिक्रिया दिएका छन् ।

    बिहीबार जनकपुरधामस्थित विमानस्थलमा सञ्चारकर्मीहरुसंग कुरा गर्दै सभापति देउवाले कांग्रेस र एमालेको संयुक्त सरकारले ल्याएको बजेट राम्रो र सन्तुलित रहेको जनाए । सरकारले ल्याउने बजेटबाट कुनै न कुनै पक्ष सँधै असन्तुष्ट रहने भएकाले त्यसतर्फ ध्यान नदिन आग्रह गरे ।

    त्यस्तै उनले कांग्रेस र एमालेको गठबन्धन राम्रोसंग चलिरहेको र कुनै समस्या नरहेको पनि स्पष्ट गरेका छन् । उनले सत्तागठबन्धन ८४ सम्म निरन्तर चल्ने दाबीसमेत गरेका छन् । सभापति देउवाले गृहमन्त्रीले राजीनामा दिनुपर्ने कुनै कारण नभएको भन्दै संसदको गतिरोध अन्त्यका लागि प्रयास भइरहेको बताए ।

    उनले राजावादीहरुको आन्दोलन तुहिसकेकाले त्यस विषयमा कुरा गर्नु कुनै औचित्य नरहेको बताए ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार