शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

माधवकुमार नेपालको सांसद पद निलम्बन

माधवकुमार नेपालको सांसद पद निलम्बन

नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

जेठ २२, २०८२ बिहिवार
जेठ २२, २०८२ बिहिवार
  • माधवकुमार नेपालको सांसद पद निलम्बन

    पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको सांसद पद निलम्बन भएको छ । पतञ्जली जग्गा हदबन्दी छुट प्रकरणमा भ्रष्टाचार भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार (जेठ २२) मुद्दा दायर गरेसँगै उनको पद स्वतः निलम्बनमा परेको हो ।

    उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको सूचना अख्तियारले संसद्लाई दिनेछ । त्यसपछि सभामुखले सदन चलेको अवस्थामा स्वतः निलम्बनको सूचना सुनाउनेछन् । सदन नचलेको अवस्थामा सभामुखले निलम्बनको सूचना टाँस गर्नेछन् । 

    पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार (जेठ २२) विशेष अदालतमा उनीहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । नेता नेपालविरुद्ध १८ करोड ५८ लाख रुपैयाँ बिगो दाबी गरिएको विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए ।

    काभ्रेपलाञ्चोकमा पतञ्जलीलाई जग्गा हदबन्दी छुट दिँदा १८ करोड ५८ लाख रुपैयाँ भ्रष्टाचार गरिएको दाबीसहित अख्तियारले मुद्दा दायर गरेको हो । प्रधानमन्त्री भइसकेका व्यक्तिलाई भ्रष्टाचार मुद्दामा अभियुक्त बनाइएको नेपालमा यो पहिलो घटना हो । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार