शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

सफाइ पाएसँगै कारागारबाट छुटे पूर्वमन्त्री अफताब आलम, कांग्रेसका कार्यकर्ताले गरे स्वागत

सफाइ पाएसँगै कारागारबाट छुटे पूर्वमन्त्री अफताब आलम, कांग्रेसका कार्यकर्ताले गरे स्वागत

जेठ १४, २०८२ बुधवार
जेठ १४, २०८२ बुधवार
  • सफाइ पाएसँगै कारागारबाट छुटे पूर्वमन्त्री अफताब आलम, कांग्रेसका कार्यकर्ताले गरे स्वागत

    अदालतबाट सफाइ पाएसँगै पूर्वमन्त्री अफताब आलम कारागारबाट छुटेका छन् । उनले बुधबार उच्च अदालत जनकपुरको वीरगन्ज इजलासबाट सफाइ पाएका हुन् । उनी ललितपुरस्थित नख्खु कारागारमा थिए ।

    बुधबार राति नख्खु कारागारबाट उनी रिहा भएसँगै नेपाली कांग्रेसका कार्यकर्ताले उनलाई स्वागत समेत गरेका छन् । सफाइ दिने क्रममा उच्च अदालतले उनीमाथि लागेको आरोपसम्बन्धी घटना नै पुष्टि हुन नसकेको जनाएको छ ।

    संविधान सभाको निर्वाचनको अघिल्लो राति २७ चैत २०६४ मा रौतहटको राजपुरस्थित इँटा भट्टामा पोलेर व्यक्ति हत्या गरेको आरोपमा उनी दोषी ठहर भएका थिए ।

    घटनाको १२ वर्षपछि रौतहट प्रहरीले आलमलाई १९ असोज २०७६ मा पक्राउ गरेको थियो । आलमका काका शेख इन्द्रिसको घरमा बम बनाउने क्रममा त्रिलोकप्रताप सिंह र ओशी अख्तरसहित घाइतेहरूलाई जिउँदै इँटाभट्टामा जलाएर हत्या गरेको आरोप आलममाथि थियो ।

    जिल्ला अदालत रौतहटले १३ वैशाख २०८१ मा आलमलाई जन्म कैदको फैसला सुनाएको घटनाका दुई मुख्य कडी नै पुष्टि हुन नसकेको कुरा उच्चको फैसलाको संक्षिप्त आदेशमा उल्लेख छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार