शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

गृहमन्त्रीको राजीनामा माग्ने नेताहरुमाथि स्पष्टीकरण सोध्ने कुरा भएको छ: शशांक कोइराला (भिडियोसहित)

गृहमन्त्रीको राजीनामा माग्ने नेताहरुमाथि स्पष्टीकरण सोध्ने कुरा भएको छ: शशांक कोइराला (भिडियोसहित)

जेठ १२, २०८२ सोमवार
जेठ १२, २०८२ सोमवार
  • गृहमन्त्रीको राजीनामा माग्ने नेताहरुमाथि स्पष्टीकरण सोध्ने कुरा भएको छ: शशांक कोइराला (भिडियोसहित)

    नेपाली कांग्रेसका नेता एवम पूर्वमहामन्त्री डा.शशांक कोइरालाले गृहमन्त्री रमेश लेखकमाथि लागेको आरोप गलत भएको बताएका छन् । सोमबार पार्टी सभापति शेर बहादुर देउवा निवास बुढानिलकण्ठमा आयोजित पदाधिकारी एवम पूर्वपदाधिकारी बैठकपछि संचारकर्मीहरुसँग कुरा गर्दै डा.कोइरालाले लेखकको बचाउ गरेका हुन् ।

    लेखकले बैठकमा भिजिट भिषा प्रकरणबारे स्पष्ट कुरा राखेकाले उहाँमाथि आरोपमात्र लागेको डा.कोइरालाको भनाइ थियो । बैठकमा गृहमन्त्रीले राजीनामा दिनुपर्छ भन्ने पार्टीभित्रकै नेताहरुलाई कारवाही गर्नुपर्छ भन्ने अभिव्यक्तिप्रति आपत्ति प्रकट गरिएको पनि उनले बताए ।

    बैठकमा डा.शेखर कोइराला, डा.सुनिल शर्मा र राजेन्द्र बजगाईंले गृहमन्त्रीले राजीनामा दिनुपर्छ भनेर अभिव्यक्ति दिएकाले कारवाहीको कुरा उठेको पनि डा.शशांकले बताए ।

    ‘हामीले सभापतिलाई उनीहरूलाई बोलाउनुस् र के भएको हो सोध्नुस् भनेका छौं। सभापतिजीले पनि स्पष्टीकरण लिनेबारे हुन्छ वा हुन्न भन्नु भएको छैन्, हेर्छुमात्रै भन्नुभएको छ,’ उनले भने । तीन जना नेतालाई स्पष्टीकरण सोध्नैपर्ने डा.शशांकको भनाइ थियो । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार