शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

पूर्व राष्ट्रपति भण्डारीलाई चीनमा उच्च महत्व

पूर्व राष्ट्रपति भण्डारीलाई चीनमा उच्च महत्व

जेठ ११, २०८२ आइतवार
जेठ ११, २०८२ आइतवार
  • पूर्व राष्ट्रपति भण्डारीलाई चीनमा उच्च महत्व

    चीन भ्रमणमा रहेकी पूर्व राष्ट्रपति विद्या भण्डारीलाई चीनले उच्च महत्व दिएको छ । उनको राजनीतिक कार्यक्रम, सुरक्षा व्यवस्था र आतिथ्य सम्मान निकै उच्चस्तरको छ । पूर्व राष्ट्रपति भण्डारीलाई चिनियाँ  उपराष्ट्रपति हान (राज्य नेताको स्तरमा) ले उ स्वागत गरे । ग्वान्झाओ प्रान्त हुँदै आइतबार  विहान  पूर्वराष्ट्रपति भण्डारी र उनको भ्रमण दल त्यहाँ पुगेको हो । स्वागत कार्यक्रममा चीनका लागि नेपाली राजदूत डा कृष्णप्रसाद ओली पनि दासिङ अन्तराष्ट्रिय विमानस्थल पुगेका थिए । 

     भण्डारीको भ्रमणदललाई चीन सरकारको राजकीय आवास गृह दियाओ थाईमा राखिएको छ । चीन सरकारले उनलाई विदेशी सरकारप्रमुख सरहको सम्मान, सुरक्षा र आवासगृह प्रदान गरेको छ । बेइजिङ र गान्सु प्रान्तमा आयोजित दुईवटा कार्यक्रमको मुख्य अतिथिका रूपमा उनको सहभागीता रहनेछ ।

    चिनियाँ कम्युनिष्ट पार्टी र विदेश मन्त्रालयद्धारा आयोजित छिमेकी देशका राजनीतिक दलहरुसँग संवाद कार्यक्रममा सहभागी हुन इन्डोनेशिया, लाओसलगायतबाट बरिष्ठ नेताहरु पनि आइपुगेका छन् ।

    भ्रमण दलमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसमेत छन् । पूर्वराष्ट्रपतिको भ्रमण दलमा एमाले सचिव तथा परराष्ट्र विभाग प्रमुख रहेका पूर्वउपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री रघुवीर महासेठ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री भण्डारी, एमाले नेता एवं पूर्वमन्त्री कर्णबहादुर थापा, एमाले सांसद देवी भट्टचन, एमाले नेतृ एवं पूर्वसांसद गोमा देवकोटा, स्वर्गीय मदन भण्डारीका भाइ डा कैलाश भण्डारी, भण्डारी राष्ट्रपति हुँदाका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारी र सार्वजनिक प्रसारण संस्थानका अध्यक्ष डा महेन्द्र विष्ट सहभागी छन् । 

    पूर्वराष्ट्रपतिको भेटवार्ताहरुमा बेइजिङमा चीनका लागि नेपाली राजदूत डा कृष्णप्रसाद ओली पनि सहभागी हुनेछन् ।पूर्व राष्ट्रपति भण्डारीले चिनियाँ उपराष्ट्रपति हान झेङ लगायत उच्च पदाधिकारीसँग भेटवार्ता गर्नेछिन । नेपाली भ्रमणदल चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग, चिनियाँ परराष्ट्र मन्त्रालयद्वारा आयोजित स्वागत समारोह तथा रात्रिभोजमा  सहभागी हुनेछ ।  रात्रिभोजमा चीनको छिमेकी मुलुकहरूबाट आमन्त्रित नेताहरूसमेत सहभागी हुनेछन् ।  उनीसहित चीनको छिमेकी देशहरुबाट निम्ता गरिएका उच्चस्तरीय पाहुनालाई चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओ लगायतले स्वागत गर्ने कार्यक्रम छ ।  

    पूर्वराष्ट्रपति भण्डारी र चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभाग प्रमुख लिउ जियान्चाओबिच सोमबार अपराह्न भेटवार्ता हुनेछ । भण्डारी सोमबार  छिमेकी मुलुकहरूका राजनीतिक दलहरूसँग चिनियाँ कम्युनिस्ट पार्टीको संवाद शीर्षक दिइएको कार्यक्रमको उद्घाटन समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछिन् र समारोहलाई सम्बोधन गर्नेछिन् । सोही समारोहपछिको शत्रमा एमाले नेताद्वय महासेठ र थापाले चिनियाँ कम्युनिस्ट पार्टीको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ । उद्योगमन्त्री भण्डारीले पनि कार्यक्रमको बेग्र्ल सत्रलाई सम्बोधन गर्नेछन् ।

    मंगलबार पूर्वराष्ट्रपति भण्डारीले बेइजिङको तियानमेन स्क्वायरस्थित चिनियाँ नेता माओत्सेतुङको समाधि हलको र फरबिडन सिटीको भ्रमण गर्ने कार्यक्रम छ । 

     उद्योगमन्त्री भण्डारीले चाइना काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेडकाका नेतासँग भेटवार्ता गर्ने तय भएको छ । मदन भण्डारी फाउन्डेसनका अधिकारी र भण्डारीले चाइना पिस डेभलपमेन्ट फाउन्डेसनमा नेताहरूसँग बेग्लै भेटवार्ता गर्ने कार्यक्रम छ ।  मंगलवारै बेइजिङ इकोनोमिक डेभलपमेन्ट डिस्ट्रिक्टको भ्रमण समेर पूर्वराष्ट्रपति भण्डारीको प्रतिनिधिमण्डल गान्सु प्रान्त जाने कार्यक्रम छ ।

    बुधबार र बिहीबार भ्रमण दलले गान्सु प्रान्तको डुनहुवाङमा सहरका विभिन्न विकास मोडलको अवलोकन गर्ने कार्यक्रम छ । शुक्रवार पूर्वराष्ट्रपति भण्डारीले चीन सरकारद्वारा गान्सु प्रान्तको डुनहुवाङ सहरमा आयोजित सभ्यताहरूबिच आदान–प्रदान र पारस्परिक सिकाइसम्बन्धी चौथो संवाद कार्यक्रमको उद्घाटन समारोहमा सम्बोधन गर्ने कार्यक्रम छ । उनी कार्यक्रमको मुख्य अतिथि रहनेछिन् । 

    कार्यक्रममा लाओसका राष्ट्रिय सभाका उपाध्यक्षसहित विभिन्न देशबाट राजनीतिक नेताहरू सहभागी हुने कार्यक्रम छ । पूर्वराष्ट्रपति भण्डारीले गान्सु प्रान्तस्थित चिनियाँ कम्युनिस्ट पार्टीका शीर्ष नेता तथा सरकारी उच्च अधिकारीसँग पनि भेटवार्ताको कार्यक्रम छ ।

    पूर्वराष्ट्रपति भण्डारी नेतृत्वको प्रतिनिधिमण्डल शनिबार उच्च गतिको रेलमा गान्सु प्रान्तकै जियायुगुआन भ्रमणमा जाने कार्यक्रम छ । आइतबार जियायुगुआनबाट प्रतिनिधिमण्डल सिचुआन प्रान्तको छेन्दु पुग्ने र सोमबार  स्वदेश फर्किने कार्यक्रम छ । छेन्दुमा पूर्वराष्ट्रपति भण्डारीलाई चिनियाँ कम्युनिस्ट पार्टीका नेताले स्वागत गर्ने कार्यक्रम छ ।

    दुई देशहरू बीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७० औं वार्षिकोत्सवको अवसरमा यो वर्ष चीनले नेपालबाट प्राप्त गरेको उच्चस्तरीय प्रतिनिधिमण्डल हो । चीनको संचार माध्यम सीसीटीभीले भण्डारीको अन्तर्वार्ता गर्ने कार्यक्रम पनि छ । 

    चीनमा मितव्ययी कूटनीतिको भावना अन्तर्गत, चिनियाँ पक्षले परम्परा तोड्दै उच्च सुरक्षा व्यवस्था गरेको छ । भण्डारीले मात्र यस्तो व्यवहार पाए, जसले चिनियाँ पक्षले भण्डारीप्रति राखेको उच्च सम्मानलाई प्रदर्शन गरेको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार