शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

बाबुरामप्रति प्रचण्डको टिप्पणीः सबैभन्दा बुद्धि नभएका डाक्टर

बाबुरामप्रति प्रचण्डको टिप्पणीः सबैभन्दा बुद्धि नभएका डाक्टर

‘खिइँदै गएपछि प्रतिक्रियावादीहरूसँग मिल्नु भाछ, अब त तिनीहरूले पनि पत्याउँदैनन्’

जेठ ८, २०८२ बिहिवार
जेठ ८, २०८२ बिहिवार
  • बाबुरामप्रति प्रचण्डको टिप्पणीः सबैभन्दा बुद्धि नभएका डाक्टर

    प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईलाई ‘सबैभन्दा बुद्धि नभएका डाक्टर’ भन्दै टिप्पणी गरेका छन् ।

    रूकुम पश्चिममा बुधबार आयोजित पत्रकार सम्मेलनमा पूर्व सहयात्री डा. बाबुराम भट्टराईसँग पार्टी एकताबारे सोधिएको प्रश्नमा अध्यक्ष प्रचण्डले बाबुरामलाई सबैले ‘बुद्धि नभएको डाक्टर’ भनेर चिन्ने बताउँदै एकता सम्भव नभएको बताएका हुन् । ‘सबैभन्दा बुद्धि नभएको डाक्टर भनेर चिन्छन् मान्छेले । त्यस्तासँग के गरी एकता गर्ने ?,’ उनले भने ।

    उनले पार्टी एकता गर्ने भनेरै अघिल्लो निर्वाचनमा आफू गोरखाबाट लडेको बताएका छन् । ‘गोरखाबाट लड्दा नारायणकाजी कमरेड, म, बाबुरामलगायतले अब यो चुनाव मात्रै होइन पार्टी पनि एउटै बनाउने भनिएको थियो। तर उहाँ पछि कम्युनिष्टको नाम सुन्न चाहनु भएन। कम्युनिष्ट पार्टीको नाम राख्ने हो भने म एकता गर्दिनँ भनेपछि के गर्ने ? बाबुरामका लागि मर्ने ?,’ प्रचण्डले भने।

    उनले बाबुराम खिइँदै खिइँदै गएर प्रतिक्रियावादीसँग मिल्न गएको समेत उनले आरोप लगाए । ‘कम्युनिष्ट पार्टी नभन्ने, माक्र्सवाद नभन्ने रे त्यस्तोसँग के गरी एकता गर्ने ? खिइँदा खिइँदै अब त पूरै प्रतिक्रियावादीसँग गएर मिल्नु भएको छ । प्रतिक्रियावादीले पनि पत्याउँदैनन् आजभोलि । हाँसोको पात्र भएका छन् बाबुराम देशभरि । कस्तो बुद्धि नभएको डाक्टर,’ प्रचण्डले भने । उनले बाबुरामसँग भएकाहरू माओवादी केन्द्रमा फर्किने समेत दाबी गरे ।
     

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार