शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

रविको मुद्दामा आज आदेशको सम्भावना

रविको मुद्दामा आज आदेशको सम्भावना

जेठ ७, २०८२ बुधवार
जेठ ७, २०८२ बुधवार
  • रविको मुद्दामा आज आदेशको सम्भावना

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीको तर्फबाट दायर बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमाथिको बहस आज (बुधबार) पनि जारी रहने छ ।

    ६ पटकसम्म हेर्न नमिल्ने सूचीमा परेको उक्त रिटमाथिको बहस मंगलबार शुरु भएकामा नसकिएपछि ‘हेर्दाहेर्दै’ मा राखिएको सर्वोच्च अदालतका प्रवक्ता अच्यूत कुइँकेलले जानकारी दिए । रवि लामिछानेका तर्फका कानून व्यवसायीले मंगलबार नै बहस सके पनि एकै मुद्दामा कारागारमा रहेका पूर्व डीआईजी छविलाल जोशीका तर्फबाट कानून व्यवसायीले बुधबार मात्रै बहस–पैरवी गर्नेछन् ।

    बहसपछि सरकारी वकिलका तर्फबाट जवाफी बहस हुनेछ । त्यसपछि अदालतले भ्याएसम्म बुधबार नै आदेश सुनाउने सम्भावना छ, जसले रवि लामिछाने र छविलाल जोशीलाई थुनामै पठाउने वा मुक्त गरी बाहिरबाटै मुद्दा लड्न पाउने आदेश गर्नेछ। लामिछानेका तर्फबाट उनकी पत्नी निकिता पौडेलले ७ वैशाखमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गरेकी थिइन् ।

    सहकारीको रकम ठगी गरेको अभियोगमा रूपन्देही जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि श्रीमती पौडेल सर्वोच्च पुगेकी हुन् । हाल लामिछाने र जोशी रूपन्देही कारागारमा छन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार