शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

सांसदहरू र डीएसपी सवार गाडी ठोक्कियो, के भयो क्षति ?

सांसदहरू र डीएसपी सवार गाडी ठोक्कियो, के भयो क्षति ?

जेठ ५, २०८२ सोमवार
जेठ ५, २०८२ सोमवार
  • सांसदहरू र डीएसपी सवार गाडी ठोक्कियो, के भयो क्षति ?

    कोशी प्रदेशका चार सांसद सवार गाडी मोरङको कानेपोखरीमा सोमबार दुर्घटनामा परेको छ।

    सांसदहरू चढेको अल्फाबेट बीएइ १४०६ नम्बरको गाडी र जिल्ला प्रहरी कार्यालय झापमा कार्यरत डीएसपी खगेन्द्र खड्का सवार बा ५ च ३५३० गाडी आपसमा ठोक्किँदा दुर्घटना भएको हो।

    दुर्घटना भएको गाडीमा सांसदहरू नम्बरलाल धिमाल, राधाकृष्ण खनाल, मैयाँ श्रेष्ठ र विद्या चाम्लिङ थिए । गाडीमा सामान्य क्षति पुगेको तर, कसैलाई चोट नलागेको प्रहरीले बताएको छ ।

    इलाका प्रहरी कार्यालय पथरीका अनुसार, गाडीमा सवार सांसदहरू सबैको अवस्था सामान्य रहेको छ। सांसद मैयाँ श्रेष्ठले भनिन्, ‘मेरै गाडीमा आउँदै थियौं, तीव्र गतिमा आएको गाडीले एक्कासी ठक्कर दियो । हामी सकुशल छौं ।’

    सांसदहरू कोशी प्रदेशसभाको बैठकमा सहभागी हुन विराटनगर आउँदै थिए । प्रहरीले दुर्घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार