शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

सरकार सही बाटोमा छ, जादुवाला नम्बर भएकाले भ्रम छर्दैछन्ः महेश बर्तौला

सरकार सही बाटोमा छ, जादुवाला नम्बर भएकाले भ्रम छर्दैछन्ः महेश बर्तौला

जेठ ५, २०८२ सोमवार
जेठ ५, २०८२ सोमवार
  • सरकार सही बाटोमा छ, जादुवाला नम्बर भएकाले भ्रम छर्दैछन्ः महेश बर्तौला

    सत्तारुढ नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले सरकार निराशालाई आशामा परिणत गर्न अघि बढिरहेको बताएका छन्।

    आज (सोमबार) प्रतिनिधिसभा बैठकमा उनले निराशाको सञ्चार संसदबाटै गरिएको भन्दै आपत्ति जनाए । संसदको तेजोवध गर्ने गरी संसद् निरस रहेको अभिव्यक्ति आएको बर्तौलाको भनाइ छ। उनले नागरिकको भरोसा टुटाउने गरी प्रायोजित अभिव्यक्ति दिइएको आरोप समेत लगाएका छन् ।

    उनले दुई पार्टी मिलेर बनेको सरकारले काम गर्न नसकेको आरोपको खण्डन गरे। आफू सत्तामा भएको भए जादूगरले जसरी गर्छु भनेर भ्रम फैलाइएको उनको भनाइ छ। ‘जादुगरले कागजको पत्ता राखेर हजारको नोट फुत्त निकाल्छ। तर, त्यो सत्य होइन । त्यो केवल भ्रम हो । संसद्मा पनि यस्ता प्रवृत्ति देखिरहेका छौँ । जादुगरले पैसाको नोट निकाले जस्तो जादुवाला नम्बर भएकाबाट यस्ता अभिव्यक्ति सुनिरहेका छौँ, त्यो क्षणिक भ्रम हो’, उनले भने ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार