शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

प्रभु बैंक, इला होटल्स र मौलाकाली केबलकारबीच सहकार्य, ग्राहकलाई विभिन्न सेवामा छुट

प्रभु बैंक, इला होटल्स र मौलाकाली केबलकारबीच सहकार्य, ग्राहकलाई विभिन्न सेवामा छुट

जेठ ५, २०८२ सोमवार
जेठ ५, २०८२ सोमवार
  • प्रभु बैंक, इला होटल्स र मौलाकाली केबलकारबीच सहकार्य, ग्राहकलाई विभिन्न सेवामा छुट

    प्रभु बैंक लिमिटेड, इला होटल्स एण्ड रिसोर्ट्स र मौलाकाली केबलकार लिमिटेडबीच विशेष समझदारीपत्रमा हस्ताक्षर भएको छ।

    यस समझदारीअनुसार प्रभु बैंकका ग्राहक र कर्मचारीहरूले होटल, आवास र केबलकार सेवामा विशेष छुट पाउनेछन्। समझदारीपत्रमा प्रभु बैंककी प्रमुख प्रदेश अधिकृत सांग्रीला श्रेष्ठ र इला होटल्स तथा मौलाकाली केबलकारका महाप्रबन्धक अर्बिन्द्र केसीले हस्ताक्षर गरेका हुन्।

    सहकार्य अनुसार खानपान सेवामा १०%, केबलकार टिकटमा २०%, आवास सेवामा १०% छुट र केबलकार यात्रा निःशुल्क प्रदान गरिनेछ।

    प्रभु बैंक हाल देशभर ३११ शाखा, २८४ एटीएम र ६९ एक्सटेन्सन काउन्टरमार्फत ३५ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ। हालसालै ‘बैंक अफ द इयर २०२३’ को उपाधिबाट सम्मानित बैंकले फिनाकल इन्फोसिस इनोभेसन गोल्ड २०२४ अवार्ड समेत प्राप्त गरिसकेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार