शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

बागमतीका निलम्बित मेयर थापाविरुद्ध भ्रष्टाचारको अर्को मुद्दा, ५६ करोडभन्दा बढी बिगो दाबी

बागमतीका निलम्बित मेयर थापाविरुद्ध भ्रष्टाचारको अर्को मुद्दा, ५६ करोडभन्दा बढी बिगो दाबी

जेठ ४, २०८२ आइतवार
जेठ ४, २०८२ आइतवार
  • बागमतीका निलम्बित मेयर थापाविरुद्ध भ्रष्टाचारको अर्को मुद्दा, ५६ करोडभन्दा बढी बिगो दाबी

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बागमती नगरपालिकाका नगरप्रमुख (हाल निलम्बित) भरतकुमार थापाविरुद्ध अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले आज आइतबार ५६ करोड ७१ लाख ७ हजार दुई सय ९९ बिगो मागदाबीसहित मेयर थापाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

    थापाविरुद्ध वन क्षेत्र अतिक्रमण गरी ढुङ्गा, गिटी, बालुवा उत्खनन गरी परेको खाण्डोमा संघीय सरकार, प्रदेश सरकारलगायतबाट अनुदान लिएर माछा पालन पोखरी बनाई सरकारी सम्पत्तिको दुरुपयोग गरेको अख्तियारको आरोप छ ।

    बागमती नगरपालिकाको वडा नं. ४ र १२ मा वन क्षेत्र अतिक्रमण गरी ‘वन क्षेत्रमा अतिक्रमण गरी ढुङ्गा, गिटी, माटो, बालुवा आदि वनपैदावार गैरकानुनीरुपमा उत्खनन गरी परेको खाल्डोमा माछा पोखरी निर्माणको नाममा संघीय सरकार, प्रदेश सरकारसमेतको करोडौं रकमबाट गैरकानुनी तवरमा पोखरीसमेतका संरचनाहरु निर्माण गरे गराएको देखिएको’ आरोप पत्रमा उल्लेख छ ।

    निलम्बित मेयर थापाले मन्त्रिपरिषद्को स्वीकृतिविना वन क्षेत्रमा विकासका योजना तथा कार्यक्रम कार्यान्वयन गर्न नमिल्नेमा कानुनले प्रतिबन्ध लगाएको कुरालाई जानीबुझी अनदेखा गरी बद्नियतपूर्ण तवरले झुठा तथा गलत लिखत तयार गरी राज्यलाई हानी नोक्सानी पुर्याएको अख्यिारतको आरोप छ । अख्यितारले मेयर थापाविरुद्ध दायर गरेको यो चौथो भ्रष्टाचार मुद्दा हो ।

    सो मुद्दामा थापासहित विभिन्न ८ जनालाई प्रतिवादी बनाइ फरक–फरक बिगो कामय गरी माग दाबी गरिएको छ । मधेश प्रदेशका तत्कालीन मन्त्री विजय कुमार, बागमती नगरपालिकाकी पूर्व मेयर लिलाकुमारी मुक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमल कुमार पोखरेल, मधेश प्रदेश सरकार अर्थ मन्त्रालयका तत्कालीन कानुन अधिकृत गोकुल भुजेललगायतलाई प्रतिवादी बनाइएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार