शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः रास्वपा सांसद गौतम

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः रास्वपा सांसद गौतम

जेठ ४, २०८२ आइतवार
जेठ ४, २०८२ आइतवार
  • अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः रास्वपा सांसद गौतम

    राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले न्यायपालिकाको कार्यशैलीप्रति गम्भीर आपत्ति जनाउँदै अदालतले कानुनी प्रक्रिया मिचेको आरोप लगाएकी छिन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै सांसद गौतमले अदालतले कार्यपालिका जस्तै प्रवृत्तिमा न्याय सम्पादन गर्न थालेमा मुलुकमा विधिको शासन कायम हुन नसक्ने टिप्पणी गरिन्।

    सूर्यदर्शन सहकारी वचत हिनामिना प्रकरण मुद्दामा रास्वपा सभापति रवि लामिछाने पक्षलाई पेसी तोकिएको सूचना नै नदिई उच्च अदालत पोखराले बिहीबार एकतर्फी सुनुवाइ अघि बढाएको समाचार बाहिरिएको थियो। अदालतले कानुनको उचित प्रक्रिया उल्लघंन गरेको भन्दै पूर्वन्यायाधीशहरुको फोरमले समेत प्रश्न उठाउनुपर्ने बेला भएको जिकिर गरिन्।

    ‘अदालतको कानुनको उचित प्रक्रिया मिचिएको देख्दा, उल्लघंन भएको देख्दा अब त पूर्वन्यायधीशरुको फोरमले नै अब न्यायपालिकाकै कार्यशैलीमा अब प्रश्न उठाउनुपर्ने बेला भयो कि? आफू पूर्व भएको कारणले टिप्पणी गर्नुपर्ने बेला भयो कि भन्ने जस्तो महसुस भएको छ,’ गौतमले भनिन्, ‘यदि अदालतले पनि कार्यपालिका जस्तै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्यो भने देशमा विधिको शासन कायम रहदैन। केवल विधिको आवरण मात्रै बाँकी रहन्छ।’ 

    न्याय सम्पदान हुनुअघि नै न्यायिक प्रक्रियाको हत्या भइरहेको भन्दै उनले सभामुखको समेत ध्यानाकर्षण गराइन्। ‘न्याय सम्पदान हुनुअघि नै न्यायिक प्रक्रियाको हत्या हुँदैछ सभामुख महोदय,’ गौतमको भनाइ छ, ‘यसको मौन साक्षी हुने की जागरुक प्रतिरोध गर्ने? अब यो संसद र नागरिक समाजको साझा जिम्मेवारी हो।’

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार