शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

रविको बन्दी प्रत्यक्षीकरण निवेदन फेरि ‘हेर्न नमिल्ने’मा

रविको बन्दी प्रत्यक्षीकरण निवेदन फेरि ‘हेर्न नमिल्ने’मा

जेठ ४, २०८२ आइतवार
जेठ ४, २०८२ आइतवार
  • रविको बन्दी प्रत्यक्षीकरण निवेदन फेरि ‘हेर्न नमिल्ने’मा

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई गैरकानुनी थुनामा राखिएको भन्दै परेको बन्दी प्रत्यक्षीकरणको निवेदन आइतबार न्यायाधीशद्वय मनोजकुमार शर्मा र सुनीलकुमार पोखरेलको इजलासमा पेसी तोकिएको छ ।

    सँगै लामिछाने र पूर्व डीआईजी छविलाल जोशीले सहकारी प्रकरणमा उजुरी दिने नारायणबहादुर पहराइसहित ४४ जनालाई विपक्षी बनाउँदै दायर अन्य दुई रिटमाथि पनि पेसी तोकिएको छ । यी तीन रिट लगाउमा राखिएको छ । लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदन फेरि पहिलेकै न्यायाधीशसहितको इजलासमा परेको हो । आज आइतबार पनि उनको निवेदन न्यायाधीश मनोजकुमार शर्मा र सुनीलकुमार पोखरेलको इजलासमै पारिएको हो । तर उनको निवेदन न्यायाधीश पोखरेलले हेर्न नमिल्ने भन्दै सुनुवाइ गरिरहेका छैनन् ।

    यद्यपि आज पनि उक्त मुद्दा ‘हेर्न नमिल्ने’ मा जाने पक्का भएको छ । इजलास तोकिएका न्यायाधीश पोखरेल अधिवक्ता हुँदा लामिछानेका तर्फबाट विभिन्न मुद्दामा बहस गरेकाले यसअघि पनि उक्त रिट हेर्न नमिल्नेमा गएको थियो । वैशाख ७ गते लामिछानेको तर्फबाट श्रीमती निकिता पौडेलले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । सोही दिन लामिछाने र जोशीको तर्फबाट सहकारी प्रकरणमा अन्य दुई रिट पनि दर्ता भएका थिए ।

    वैशाख ८ गते उक्त रिट हेर्न नमिल्ने भएकोमा वैशाख ९ गते न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले कारण देखाऊ आदेश जारी गरेको थियो । त्यसयता यसअघि तीनपटक पेसी तोकिएकोमा तीनै पटक हेर्न नमिल्ने भएको थियो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार