शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

हितेन्द्रले भने–कमजोर प्रणालीका कारण विद्युत आपूर्ति प्रभावित भयो, चिन्ता लिनु पर्दैन

हितेन्द्रले भने–कमजोर प्रणालीका कारण विद्युत आपूर्ति प्रभावित भयो, चिन्ता लिनु पर्दैन

जेठ २, २०८२ शुक्रवार
जेठ २, २०८२ शुक्रवार
  • हितेन्द्रले भने–कमजोर प्रणालीका कारण विद्युत आपूर्ति प्रभावित भयो, चिन्ता लिनु पर्दैन

    नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले विद्युत उत्पादन बढदै गए पनि सोही अनुसार प्रसारण लाइन सञ्जाल नबढ्दा विद्युत् आपूर्ति प्रभावित भएको बताएका छन्।

    बिहीबार एक्कासी विद्युत अवरुद्ध भएपछि आज (शुक्रबार) पत्रकारसँग उनले यसमा चिन्ता नलिन आग्रह गरे। उनले विद्युत उत्पादनसँगै प्रसारण नेटवर्क पनि त्यही गतिमा अघि बढाउनु पर्ने अन्यथा यस्ता समस्या आइरहने बताए। सामाजिक सञ्जालमा पूरै विद्युत् अवरुद्ध हुनपुगेको भन्दै चर्चा चलेपछि प्राधिकरणको तर्फबाट स्पष्टीकरण दिनुपर्ने देखिएकाले पत्रकार सम्मेलन गरेको उनले बताएका छन्।

    ‘हिजो ६ बजेर ३८ मिनेटमा ढल्केबर–वसन्तपुरको लाइनमा रुखको हाँगा परेर र ढल्केबर–नवलपुर लाइनमा रुखको ठूलै हाँगा खसेर दुईवटा लाइनमा सँगसँगै घटना भएर सिस्टम अवरुद्ध भएको हो । त्यो समयमा त्यो क्षेत्र वरिपरि चक्रवात जस्तो स्थानीय रुपमा धेरै शक्तिशाली हावाहुरी चलेको थियो । धेरै ठाउँमा एकै पटक समस्या भयो’, उनले भने, ‘त्यो मात्र होइन, ढल्केबरबाट पश्चिमतर्फ जाने र वीरगञ्जदेखि पश्चिम जाने लाइनमा पनि समस्या आयो।’ पटक पटक प्रयास गर्दा पनि सम्भव नभएपछि भारतसँग कोअर्डिनेसन गरेको बताउँदै दुईवटा कोड पठाएर समस्या पहिचान र समाधानको प्रयास गरेको उनले बताएका छन्। यसले गर्दा केही समय लागेको शाक्यले उल्लेख गरे ।

    ‘विद्युत् उत्पादन बढ्दै गर्दा प्रसारण नेटवर्क त्यही गतिमा बढाउन सकेनौँ भने रोक्दै गयौँ भने साना साना घटनाहरु हुने गर्छ’, उनले भने, ‘हिजो अढाई घण्टा कन्ट्रोल रुममा बस्दा मैले हरेक घटनालाई नियालें। त्यसपछि अहिले बैठक अगाडि ट्रान्समिसन, डिस्ट्रिब्युसन, सिस्टम कन्ट्रोल, सिस्टम प्लानिङका सबैलाई बोलाएर बृहत् छलफल गरेको छु।’ उनले तत्काल गर्नुपर्ने, एक वर्षभित्र गर्नुपर्ने र सिस्टम रिइन्फोर्समेन्टका मुख्य तीन कुराहरुबारे आवश्यक तयारी गरेको जानकारी दिएका छन्। पहिलेभन्दा अझ चुस्त विद्युत् प्रवाहको लागि प्राधिकरण अग्रसर भएको उनको दाबी छ। ‘कुनै चिन्ता लिनु पर्दैन । हिजोभन्दा अझ बेटर नै गर्छौ’, उनले भने।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार