नेपाली बजारमा आज (बिहीबार) सुनको भाउ एकै दिन तोलामा ३,५०० रुपैयाँ घटेको छ।
यससँगै छापावाल सुनको मूल्य बिहीबार तोलामा एक लाख ८१ हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य एक लाख ८५ हजार ३०० रुपैयाँ कायम भएको थियो। यसैबिच चाँदीको मूल्य पनि घटेको छ ।
बुधबार तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार घटेर तोलामा १,९२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्