शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

विकासमा विकासकार्य हस्तान्तरणको सिद्धान्त अपनाउन जरुरीः सिके राउत

विकासमा विकासकार्य हस्तान्तरणको सिद्धान्त अपनाउन जरुरीः सिके राउत

बैशाख ३१, २०८२ बुधवार
बैशाख ३१, २०८२ बुधवार
  • विकासमा विकासकार्य हस्तान्तरणको सिद्धान्त अपनाउन जरुरीः सिके राउत

    जनमत पार्टीका अध्यक्ष सिके राउतले विकासमा समन्वय र सहकार्य भन्दा पनि विकासकार्य हस्तान्तरणको सिद्धान्त लिनुपर्ने बताएका छन् । आज बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले विकासमा समन्वय र सहकार्यले गाह्रो अवस्थामा पुर्याउने भन्दै हस्तान्तरणको सिद्धान्त अपनाउनुपर्ने बताएका हुन् । 

    उनले भने, ‘विकासका सिद्धान्तको रुपमा विकासमा समन्वय र सहकार्य भनेर प्रधानमन्त्रीले भन्नु भएको रहेछ यो सुन्नमा धेरै कर्णप्रिय लाग्छ तर मैले चिकित्सकसँग समन्वय गरेर काम गर्न खोजे उहाँले साथ दिन खोज्नुभयो भने पनि त्यसले झन हामीलाई गाह्रो अवस्थामा पुर्याउछ । चिकित्सकले तपाईको एआई प्रोग्राममा सहयोग गर्छु भन्दा झन घाटा पो हुन्छ । त्यही भएर विकासमा समन्वय र सहकार्य भन्दा पनि विकासकार्य हस्तान्तरणको सिद्धान्त लिनुपर्ने हुन्छ । विकास निमार्णको काम संघ सरकारको भन्दा पनि प्रदेश सरकार र स्थानीय सरकारलाई हस्तान्तरण गर्नुपर्छ ।’

    उनले सरकारले लोभ नगरी विकास निमार्णको काम प्रदेश र स्थानीय सरकारलाई  हस्तान्तरण गर्नुपर्ने बताए । उनले संघीय सरकारले नागरिक मैत्री सेवा प्रवाह सुशासन दिन नसक्ने बताए । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार