नमत पार्टीबाट लुम्बिनी प्रदेशकी सांसद गीता गुरुङले पदबाट राजीनामा दिएकी छन् ।
जनमत पार्टीकी समानुपातिक सांसद गुरुङले सभामुखलाई पठाएको पत्रमा जनताले तिरेको करबाट पाउने पारिश्रमिक लिन उपयुक्त छैन भन्ने लागेर राजीनामा दिएको उल्लेख गरेकी छन् ।
उनले भनेकी छन्- ‘जनताले तिरेको करबाट मैले पाउने पारिश्रमिक लिन उपयुक्त छैन । तसर्थ, आजै मितिबाट पदमुक्त हुन राजीनामा पेश गर्दछु ।'
जनमत पार्टीले पनि सांसद गुरुङको राजीनामा स्वीकृत गरिदिन सभामुखलाई अनुरोध गरिसकेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्