शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

प्रहरीको फरार सूचीका एमाले सांसद प्रधानमन्त्रीसँगै कार्यक्रममा देखिए

प्रहरीको फरार सूचीका एमाले सांसद प्रधानमन्त्रीसँगै कार्यक्रममा देखिए

बैशाख २९, २०८२ सोमवार
बैशाख २९, २०८२ सोमवार
  • प्रहरीको फरार सूचीका एमाले सांसद प्रधानमन्त्रीसँगै कार्यक्रममा देखिए

    नेपाल प्रहरीको फरार सूचीका सत्तारुढ नेकपा एमालेका प्रदेश सांसद प्रधानमन्त्री केपी शर्मा ओलीसँगै कार्यक्रममा अतिथिका रुपमा देखिएका छन् ।

    लुम्बिनी प्रदेशका सांसद विष्णु पन्थी सोमबार लुम्बिनीमा बुद्ध जयन्तीको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री सँगै अतिथिका रुपमा सहभागी भएका हुन् । उनी कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ (क) बाट विजयी एमाले सांसद् हुन् ।उनलाई १० महिना पहिले नै पक्राउ गर्न अदालतबाट अनुमति लिइसकेको प्रहरीले जिल्ला प्रहरी कार्यालय रुपन्देहीलाई पनि पक्राउ गरेर बुझाइदिन भनेको थियो । तर प्रधानमन्त्रीकै दलका सांसद पन्थी निस्फिक्री रुपमा हिँडिरहेका छन् ।


    काठमाडौँको गौतमबुद्ध हाइड्रोपावर कम्पनीका सञ्चाक समेत रहेका पन्थी र देवराज खनालविरुद्ध उजुरी परेको थियो । उक्त उजुरीमा अनुसन्धान गर्नका लागि प्रहरीले पन्थीलाई पनि पक्राउ गर्न अन्य कार्यालयबाट सहयोग मागेको थियो ।

    जिल्ला प्रहरी कार्यालय मोरङले अदालतबाट पक्राउ पूर्जी जारी भएपछि पन्थीलाई पक्राउ गरिदिनका लागि प्रहरी प्रधान कार्यालयसँगै जिल्ला प्रहरी परिसर काठमाडौँ र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकूमा पनि पत्र पठाएको थियो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीलाई पठाएको पत्रमा पनि यी कार्यालयलाई वोधार्थ दिइएको छ ।

    सांसद पन्थी र देवराज खनाललाई विराटनगरको पल्लवी इलेक्ट्रा प्रालिले विद्युतीय सामग्री लगेर रकम नतिरेको आरोप छ । तर आरोपित सांसद सार्वजनिक कार्यक्रममा खुलेआम सहभागी हुँदा समेत प्रहरी नदेखेकोझै गर्न वाध्य देखिएको छ। लुम्बिनी प्रदेशका प्रहरी प्रमुख डीआईजी राजेन्द्रप्रसाद भट्टले आफू केही दिनअघि मात्रै आएकाले धेरै कुरा जानकारी नभएको बताएका छन् ।

    प्रदेशसभा सदस्य पन्थी प्रदेशसभा बैठकमा नियमितजसो पुगिरहन्छन् । सार्वजनिक कार्यक्रममा पनि सक्रिय छन्। तर एक वर्षयता उनीविरुद्धको पक्राउ पुर्जी भने प्रहरी कार्यालयमा घुमेको घुम्यै छ। जिल्ला अदालत मोरङबाट जारी भएको पक्राउ पुर्जी जिल्ला प्रहरी परिसर काठमाडौं, अपराध अनुसन्धान तथा कारबाही शाखा, जिल्ला प्रहरी कार्यालय रुपन्देहीसहित मातहतका सबै प्रहरी युनिटमा पुगेको छ । तर राजनीतिक पहुँचका आधारमा उनी प्रहरीको नजरमा परेका छैनन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार